गल्याङ बन्यो पूर्ण खोप सुनिश्चितता

गल्याङ ।
स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ गल्याङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गल्याङ नगरलाई पूर्ण खोप सनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी लगायत ११ ओटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी सहितको सहभागितामा गल्याङ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि पालिका घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

नगरभित्रका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गर्दै खोप कार्यक्रमलाई दिगो, प्रभावकारी र निरन्तर बनाउन महत्वपुर्ण भुमिका खेलेको सहभागीहरुले बताएका छन् । समुदायमा खोपप्रति जनचेतना अभिवृद्धि गर्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणाले राष्ट्रिय कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले खेलेको भुमिका प्रशंसनीय रहेको नगर प्रमुख भट्टराईले बताए ।

स्थानीय तह, स्वास्थ्यकर्मी तथा सरोकारवालाबीच समन्वय र जिम्मेवारी बढाउने र भविष्यमा पनि पूर्ण खोपको अवस्था कायम राख्ने उद्देश्य नगरपालिकाको रहेको नगर प्रमुख भट्टराईले बताए । गल्याङ नगरपालिकाले जिल्ला मै पहिलो पूर्ण खोप सुनिश्चितता प्राप्त पालिका घोषणा गर्दै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए । यस कार्यमा संलग्न सबैप्रति नगरपालिकाले सम्मान व्यक्त गरेको छ ।

प्रतिक्रिया