सगरमाथा स्कुलको अध्यक्षमा सुमन कल्याण

वालिङ ।
स्याङ्जाको शैक्षिक नगरी वालिङ स्थित स्थापित सगरमाथा स्कुलको अध्यक्षमा सुमन कल्याण अर्याल चयन भएका छन् । सगरमाथा एजुकेशनल इन्स्टिच्युट स्याङ्जा प्रा.लि.को १४ औं साधरणसभा तथा ७ औं अधिवेसनले अर्याललाई अध्यक्षमा चयन गरेको हो । २०५३ साल फागुन १ गते वालिङ ६ मिर्दीमा स्थापना गरेको शैक्षिक संस्था सगरमाथा स्कुलले ७ औं अधिवेसनले अर्यालको नेतृत्वमा ६ सदस्यीय समिति चयन गरेर सम्पन्न भएको विद्यालयका प्रिन्सिपल तथा कम्पनी सदस्य सचिव युक्तबहादुर बोगटीले जानकारी दिए ।

७ औं अधिवेसनले सदस्यहरुमा रेश्मीलाल कोइराला, हिमलाल पंगेनी, हिराबहादुर थापा, कमल लम्साल र रमेश अर्याल चयन भएका छन् । कक्षा १२ सम्म अध्यापन हुने विद्यालय जिल्लामै उत्कृष्ट शैक्षिक संस्था मानिदै आएको छ । शैक्षिक र प्रयोगात्कम क्रियाकलापमा आफुलाई अब्बल बनाउन सफल हुदै आएको विद्यालयमा ६ सय १३ विद्यार्थी अध्ययन गरेका छन् ।

 

प्रतिक्रिया