कांग्रेस उपसभापति गुरुङद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण

वालिङ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले बिहीबार स्याङ्जाका पहिरो प्रभावित क्षेत्रहरुको निरीक्षण गरेका छन् । गत असार २१ गतेदेखि २३ गतेसम्म भएको अविरल वर्षाकाकारण बाढी तथा पहिरोले क्षति पु¥याएका स्याङ्जाका भीरकोट, वालिङ र गल्याङ नगरपालिकाका विभिन्न बस्ती तथा खेतीयोग्य भूमिको निरीक्षण गरेका हुन् । विशेषगरी पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवार र बास गुमाएका परिवारलाई गुरुङ्ले ब्यक्तिगतरुपमा जनही दश हजार सहयोग उपलब्ध गराएका छन् ।
पूर्व मन्त्रीसमेत रहेका गुरुङले भीरकोट नगरपालिका ५ को ज्यामिरेमा गत असार २२ गते दिउँसो पहिरामा पुरिएर ज्यान गुमाउन पुगेकी ७४ वर्षीया ख्यामकुमारी मल्लको परिवारलाई रु. दश हजार उपलब्ध गराएका छन् । त्यस्तै भीरकोट ६ को फोक्सिङमा घरमाथिबाट आएको पहिरोले स्थानीय भक्तबहादुर थापाको घर पुरिएको छ । घरबारविहीन भएका थापा छिमेकीकोमा बस्दै आएका छन् । थापाको परिवारलाई उनले नगद रु. दश हजार सहयोग हस्तान्तरण गरेका छन् ।
नागरिकहरु दुःखमा परेका बेला यहाँको जनप्रतिनिधि भएको नाताले आँफूले ब्यक्तिगतरुपमा जे सकें त्यो सहयोग गरें” उपसभापति गुरुङ्ले भने, ‘जनधनको क्षति भएकालाई क्षतिपूर्तिकालागि ब्यवस्था र आवास निर्माणकालागि आवश्यक पहल गर्नेछु ।’ भीरकोट ५ को ज्यामिरे र ६ को फोक्सिङमा पहिरोकाकारण ८ घर जोखिममा छन् भने बाढी र पहिरोकाकारण पशुचौपाया, गोठ, जमिनमा क्षति पुगेको छ । यसै गरी वालिङका विभिन्न ठाउँमा गएको पहिरोले क्षती पु¥याएको क्षेत्रमा निरिक्षण गरेको बताइएको छ
प्रतिक्रिया