एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदको अध्यक्षमा रेग्मी

स्याङ्जा ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सल्लाहकार परिषद समिति गठन गरेको छ । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको दोस्रो बैठकबाट प्रदेश सल्लाहकार परिषद् अध्यक्षमा स्याङ्जाका मोहन रेग्मीलाई चयन गरेको छ । स्याङ्जाबाट झण्डै दुईदर्जन सल्लाहकार परिषद सदस्यमा चयन समेत भएका छन् ।
सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका रेग्मी यो भन्दा पहिला नेकपा एमाले गण्डकी प्रदेशका उपाध्यक्ष थिए । २०७४ को पहिलो गण्डकी प्रदेशका सांसद समेत रहेका रेग्मी स्याङ्जा एमालेका संगठक नेताका रुपमा चिनिन्छ । एमाले गण्डकी प्रदेशको सल्लाहकार परिषद अध्यक्ष सहित सबै सदस्यहरुलाई जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) ले सामाजिक संजाल मार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
स्याङ्जाबाट चयनमा परेका सदस्यहरु
प्रतिक्रिया