‘जनता र विकाससगँ काँग्रेसलाई जोड्न सुझाव’

स्याङ्जा ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ को प्रदेशसभा (ख) को आयोजनामा समसामयिक विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति तथा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले नेपाली कांग्रेस सबैको साझा र सुनौलो भविष्य बोकेको पार्टी भएको बताएकी छन् । विपी कोइरालाले रोपेको बिधि र बिधान अनुरुप हिजो, आज र भोली पनि सबैका आशा र भरोसाका पार्टी काँग्रेस भएको उपसभापति तिवारीको भनाई छ । कांग्रेसलाई बलियो बनाए मात्र तपाई हामी सबैले अवसर पाउने जनाउदै पार्टीभित्रका मतभिन्नता भए समाधानतर्फ लाग्नु पर्नेमा प्रदेश सांसद समेत रहेकी तिवारीले बताइन् । प्राकृतिक सम्पतीका सम्बद्धृन र उपयोगका लागि अव नेपाली कांग्रेसले नेतृत्व लिई समग्र जिल्लाको समृद्धि र विकासमा जुट्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा जिल्ला सभापति राजु थापाले संघ, प्रदेश र स्थानीय सरकारले युवाशक्ति लाई स्वदेशमा अड्याउने खालका नीति ल्याउनु पर्नेमा जोड दिए । जनप्रतिनिधि बलियो भए मात्र देश र जिल्लाको विकास हुने संघिय सांसद समेत रहनु भएको थापाले बताए । जिल्लामा विकास नै भएको छैन भन्ने भाष्य खडा हुँदै गएकोप्रति लक्षित हुदै सभापति थापाले राज्यको सिमित साधनश्रोतका बावजुत पनि जिल्लामा धेरै विकासका खाकाहरु तयार भएको बताए ।

नेपाली काँग्रेसका नेता तथा गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले पार्टीभित्रको बिचलन र कमी कमजोरी हटाउदै अघि बढ्नु पर्नेमा जोड दिए । पार्टीभित्र असन्तुष्ट समुहको व्यवस्थापन गर्ने संरचना नहुँदा धेरै समस्या हुदै गएको बताउदै सभापति अर्यालले पार्टीमा योगदान गरेका नेता तथा कार्यकर्तालाई भुल्न नहुने बताए ।

कार्यक्रममा नेपाली कांगूेसका पूर्वसभापति श्रीप्रसाद जीटी, गण्डकी प्रदेश सदस्यहरु अजित क्षेत्री र कुमबहादुर गुरुङ, कबिता तिवारी, कांग्रेस उपसभापति केदार काफले, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, महासमिति सदस्य देवी अर्याल, जिल्ला सचिव दामोदर लम्साल, गण्डकी प्रदेश पूर्वसांसद भागवतप्रकाश मल्ल, प्रवक्ता भरतप्रसाद लम्साल लगायतले पाटीभित्र पछिल्लो समय देखिएको गुटगत राजनीतिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

यसैगरी, प्रदेशसभा (क) का सभापति ध्रवविक्रम खाँण, महिला संघ स्याङ्जाका सचिव तारा मल्ल, दलित संघका अध्यक्ष लीलबहादुर रनपाल, शिक्षक संघका सभापति पशुपति पौडेल, तरुण दलका उपसभापति रविन केसी, किसान संघका अध्यक्ष युवराज केसी, नेपाल बिद्यार्थी संघका अध्यक्ष गौरब प्रधान, भीरकोट सचिव ताराप्रसाद अर्याल, विरुवा गाउपालिकाका सभापति डोलराज पोखरेल, वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे, हरिनास गाउपालिका सभापति टोपबहादुर भुजेल, फेदिखोला गाउपालिका सभपाति महेन्द्र थापा, अर्जुनचौपारी गाउपालिकाका उपाध्यक्ष सपना गुरुङ लगायतले आ आफना धारणा सहित पार्टीलाई बलियो बनाउने बिषयमा राय सुझाव दिएका थिए । नेपाली कांग्रेस प्रदेशसभा (ख) का सभापति प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रल्दाहजंग मरासीनीले स्वागत एवं सचिव प्रताप पौडेलले संचालन गरेका थिए ।

प्रतिक्रिया