भीरकोट नगरपालिकाको बजेट शंसोधन गर्दै नगरसभा सम्पन्न
अमृत अर्याल,
भीरकोट ।
भीरकोट नगरपालिका स्याङजाको १५औं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहल बयरघारीमा सम्पन्न नगरसभाले विभिन्न योजनाहरु संशोधन गरेको छ । सभामा नगरका उपमेयर भगवती रेग्मी अर्यालद्धारा प्रस्तुत संशोधित बजेट माथिको दफावार छलफलमा सभासद्हरु मोहम्मद मिया, प्रकाश महत, सुरेश खाँण लगायतले सुझाव तथा टिप्पणी राखेका थिए ।

मंसिर ५ गते सम्पन्न भएको सभाले चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट संशोधन समेत गरेको छ । सभाले चालु र पुँजिगत तर्फको १ करोड २२ लाख बजेट संशोधन गरि खर्चमा रकमान्तर गरेको छ । नगरभित्र गौरवको योजनाका रुपमा रहेका योजनामा विशेष वजेट छुट्याइएको नगरपालिकाका सुचना अधिकृत जब्बर अलि मियाँले जानकारी दिए । सो सभाको सञ्चालन नगरसभाध्यक्ष मेयर गोविन्द कुमार कर्माचार्यले गरेका थिए । सभामा नगरसभा उपाध्यक्ष उपमेयर भगवती रेग्मी अर्याल, सभा सचिव निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु कोइराला सहित नगरसभा सदस्यहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया