स्याङ्जाका अर्ध न्यायिक कार्यालयलाई तालिम
स्याङ्जा ।
स्याङ्जाका अर्ध न्यायिक कार्यालयका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा उक्त कार्यालयको मुद्धा शाखामा काम गर्ने कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको हो । मालपोत कार्यालय, डिभिजन बन कार्यालय, करदाता कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयमा मुद्धा शाखामा काम गर्दै आउका कर्मचारीहरुलाई न्यायिक निरुपण सम्वन्धी तालिम प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
जिल्ला अदालत स्याङ्जाका जिल्ला न्यायधिस बासुदेव पौडेलको बिशेष उपस्थितीमा उक्त तालिम सम्पन्न भएको हो । अर्ध न्यायिक कार्यालयमा काम गर्ने कर्मचारी कानुन पढेको हुनुपर्ने भएपनि सबै कर्मचारीहरु कानुन पढेको नहुने भएकाले उक्त तालिम दिइएको सहायक प्रजिअ पौडेलले बताए । जिल्ला न्यायधिबक्ता श्रीकला पौडेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम पौडेल र कोष नियन्त्रक इन्द्र पौडेलले न्याय सम्पादनमा हुनुपर्ने बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथी सहभागीहरुले अन्तरक्रिया गरेका थिए ।
अन्तरक्रियामा जिल्ला न्यायधिस बासुदेव पौडेलले अर्ध न्यायिक कार्यालयको मुद्धा शाखामा काम गर्ने कर्मचारीलाई बेला—बेलामा तालिम प्रदान गरेमा न्याय सम्पादनमा काम गर्न सहज हुने बताए । मुद्धा शाखामा काम गर्ने कर्मचारी कानुनमा दखल हुनुपर्ने सुझाव न्यायधिस पौडेलको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले न्यायिक क्षेत्रको कार्य सम्पादनमा अध्ययन गरेर काम गर्न कर्मचारीलाई सुझाइन् । प्रहरी कार्यालय, जिल्ला प्रशासन, मालपोत, डिभिजन, कर कार्यालय लगायतमा मुद्धा चलाउन सक्ने कार्यालय हुन् । ति कार्यालयको मुद्धा शाखाका कर्मचारीलाई यो तालिमले केही सहजता मिलेको बताइएको छ ।


प्रतिक्रिया