संचारमन्त्री गुरुङ स्याङ्जा आउने

स्याङ्जा ।
नेपाल सरकारका सूचना तथा संचार मन्त्री पृथ्वीसुब्बा गुरुङ् स्याङ्जा आउदै छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गर्न लागेको अध्यक्ष कप खेलकुद महोत्सवको उद्घाटन गर्न संचारमन्त्री गुरुङ् शुक्रवार स्याङ्जा आउने भएका हुन् । यही मङसिर १४ गतेबाट १६ गते सम्म आयोजना हुन लागेको कालीगण्डकी गाउँपालिकामा संचालन हुदैछ । खेलकुद महोत्सवको तयारी पुरा भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

खेलकुद महोत्सवको उदघाटन नेपाल सरकारका संचार मन्त्री गुरुङ्ले गर्ने कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए । खेलकुदको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि गाउँपालिकाले खेलुकद महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन(एकल तथा डबल), टेबल टेनिस(एकल तथा डबल), दौड, बुद्धिचाल खेल प्रतियोगिता हुने छन् ।
२२ स्वर्ण, २२ रजत र २२ कास्य पदकमा प्रतिस्पर्धा हुने छ । ७ वडा रहेको यस पालिकामा हरेक वडाबाट ९८ जनाको दरले खेलाडी सहभागी हुने पालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम शर्माले जानकारी दिए । विजेता तथा उपविजेतालाई ५ लाख १० हजार सम्मका पुरस्कार वितरण गरिने छ भने १५ लाख बराबरको खर्च हुने पालिकाले जनाएको छ ।

प्रतिक्रिया