चापाकोटका विद्यार्थीलाई विपद व्यवस्थापन सीप सिकाउदै नेपाली सेना

गोपिकृष्ण रेग्मी,
चापाकोट ।
स्याङ्जा चापाकोट नगरपालिकाका सामुदायिक विद्यालयमा नेपाली सेनाको टोलीले विपद व्यवस्थापन मानविय सिप तालिम कक्षा अभियान सन्चालनमा ल्याएको छ । चापाकोट नगरपालिका वडा न ९ मा रहेको गंगालाल माविका विद्यार्थीहरु लाई दुई दिने विपद व्यवस्थापन तालिम दिइएको क्याप्टेन कल्याण थापाले बताए ।

चापाकोट नगरका मावी कक्षाहरुमा विद्यार्थीहरुलाइ विपदका बेला मानविय सीप सिकाउन चापाकोट आएको उनको भनाइ थियो । २ दिने तालिम समापनमा बोल्दै चापाकोट नगरका नगर प्रमुख देव बहादुर खाण (इश्वर) ले विद्यार्थीहरु कांचो माटो भएकोले जस्तो सीप सिकायो उस्तै निस्कने भन्दै विपदमा मानविय सेवामा जुटन आग्रह गरे ।

कार्यक्रममा चापाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख मनोज शिर्मल, वडा न ९ का वडा अध्यक्ष कृष्ण सुवेदी तालिममा सहभागी विद्यार्थी ममता पङेनी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरण्यलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य गोपाल प्रासाद रेग्मी र कार्यक्रम सन्चालन शिक्षक रामचन्द्र भट्टराईले गरेका थिए ।

प्रतिक्रिया