महोत्सवका खाद्य स्टलहरुमा अनुगमन
वालिङ ।
वालिङ महोत्सवमा राखिएका खाद्य पसल र वालिङ बजारका केही पसलहरुमा अनुगमन गरिएको छ । वालिङ बजारका मिठाई पसल र केही अन्य पसलहरुमा अनुगमन गर्नुपर्ने उजुरीका आधारमा महोत्सवका स्टलहरु र पसलहरुमा अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, वालिङ नगरपालिका, जिल्ला प्रशासन, प्रहरी उपभोक्ता मन्च र पत्रकारहरु सहितको टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा महोत्सव स्थलमा केही म्याद गुज्रेका फ्रुटीहरु नियन्त्रणमा लिएर नष्ट गरिएको र केही खाद्य पसलहरुमा प्याकेटमा बेच्नुपर्ने सामाग्री खुला बेचेकोमा ध्यानाकर्षण गराएको उपभोक्ता मन्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले जानकारी दिए । अध्यक्ष मरासिनीका अनुसार सबै स्टलहरुमा समानको दररेट राख्न अनुरोध गरिएको र आयोजकलाई समेत सचेत गराएको बताए । उपभोक्ताहरुले समाग्री किन्दा राम्रोसगँ म्याद हेरेर मात्रै किन्न अध्यक्ष मरासिनीले अनुरोध गरेका छन् ।
वालिङ बजारमा रहेको मिठाई पसल, उखुको जुस पसलहरु समेत अनुगमन गरिएको खाद्य निरिक्षक दीपक कुँवरले जानकारी दिए । समग्रमा वालिङ महोत्सव भित्र रहेका होटल, खाद्य सामाग्री पसलहरु राम्रो रहेको र उपभोक्ता पनि आफै सचेत रहनुपर्ने निरिक्षक कुँवरले बताए ।


प्रतिक्रिया