उवासंघले भन्यो—‘जनताले थेग्नसक्ने महशुल कायम गर’

वालिङ ।
बुटवल पावर कम्पनीको आँधीखोला जलविद्युत केन्द्रबाट बितरित विद्युत महशुल बृद्धि बारे वालिङ उद्योग वाणिज्य संघले ध्यानाकर्षण गरेको छ । विद्युत नियमन आयोगले पुन विद्युत महशुल २०८२ साल बैशाखबाट लागु हुनेगरी भारी शुल्क बृद्धि गरेपछि संघले ध्यानाकर्षण गरेको हो । आँधीखोला जलविद्युत केन्द्र स्थापनाको समयदेखी सम्झौता भए अनुसार यसको प्रभावित क्षेत्रका जनतालाई सहुलियतपुर्ण विद्युत उपभोग गर्न पाउने अधिकारको उपेक्षा गर्दै विद्युत महशुल बृद्धि गरिनु अन्याय भएको संघले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

विद्युत वितरणका लागि प्रयोग गरिएको जग्गाको मुआब्जा, सिंचाई लगायत अन्य प्रयोजनमा उपभोगमा कठिनाई, प्रभावित क्षेत्रका जनतालाई शेयरको प्रवन्ध लगायतका बिषयमा माग समेत गरिएको छैन विज्ञप्तीमा भनिएको छ,‘सहुलियतदरमा विद्युत उपभोग गरिएकै कारण प्रभावित क्षेत्रका जनताको चुप लागेका छन् ।’ जनताको भावना विपरीत अप्रत्यासित रुपमा चर्को मुल्य बृद्धि गर्दा जनतामा नैराश्यता पैदा हुँदा आक्रोशमा परिणत नहोला भन्न नसकिने भन्दै विज्ञप्ती मार्फत पुरानै महशुल कायम गर्न समेत माग गरेको छ ।

अतः मुल्यबृद्धि गर्ने परेपनि जनताको मन जित्ने र जनताले थेग्न सक्नेगरी मुल्य कायम गर्न समेत उद्योग वाणिज्य संघले विज्ञप्ती मार्फत माग गरेको छ । महङ्गीको चपेटामा परेका जनतालाई फेरी विद्युत महशुल शुल्कमा भारी बृद्धि गर्दा थप महङ्गीको मारमा पर्ने भन्दै तत्कालका लागि जनताले थेग्नसक्ने शुल्क कायम गर्न समेत सुझाव दिदै ध्यानाकर्षण गरेको जनाएको छ ।

प्रतिक्रिया