उवासंघबाट नवआगन्तुक प्रजिअको स्वागत

वालिङ ।
वालिङ उद्योग वाणिज्य संघद्वारा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । प्रजिअ इश्वरी प्रसाद अर्याललाई उद्योग वाणिज्य संघ सहित विभिन्न संघसंस्थाले वालिङमा स्वागत गरेका हुन् । स्वागत तथा परिचयात्मक कार्यक्रममा नवआगन्तुक प्रजिअ अर्यालले जिल्लाको शान्तिसुरक्षा, अमनचैन लगायत नागरिकको सेवा प्रवाहमा सरल र सहज बनाउने प्रतिवद्धता व्यक्त गरे ।
नेपालको अर्थतन्त्रलाई चलायमान गराउने उद्योगी व्यवसायीले ढुक्क भएर आफ्नो व्यापार व्यवसाय संचालन गर्न प्रजिअ अर्यालले आग्रह गरे । जिल्लाको विकास देखी शान्तिसुरक्षामा सबैको साथ सहयोगको आवश्यकता रहने भन्दै प्रजिअ अर्यालले सबै व्यवसायीकहरुलाई पार्दशिता र इमान्दारी पुर्वक व्यापार व्यवसाय संचालन गर्न आग्रह गरे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रशासनले दिने सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना र संचालन महासचिव रमेश अर्यालले गरेका थिए ।
प्रतिक्रिया