“सर्वसम्मत नेतृत्वबाट गण्डकीका व्यवसायीको आवाज बुलन्द गर्छु”

नवराज सुवेदी,
(अध्यक्ष पदका उम्मेदवार)
नेपाल उद्योग बाणिज्य महासंघ, गण्डकी प्रदेश ।

नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको अध्यक्ष पदका उम्मेदवार नवराज सुवेदी यतिबेला व्यवसायीक वृत्तमा चर्चाको केन्द्रमा छन् । लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय रहँदै आएका सुवेदीले आफूलाई व्यवसायीक हकहितको सशक्त प्रतिनिधिका रुपमा प्रस्तुत गरेका छन् । गण्डकी प्रदेशका उद्योगी–व्यवसायीले भोगिरहेका चुनौती, पूर्वाधारको अवस्था, पर्यटन र कृषिको सम्भावना तथा निजी क्षेत्रको भूमिकालाई केन्द्रमा राख्दै उनले नेतृत्व दाबी गरेका छन् । प्रस्तुत छ, प्रदेशको आर्थिक रुपान्तरण, संस्थागत सुदृढीकरण र व्यवसायी एकताका विषयमा केन्द्रित रहेर पब्लिक आवाजका सम्पादक अमृत अर्यालद्धारा उनीसँग गरिएको विशेष कुराकानी………

१. सुवेदी सर आराम हुनुहुन्छ ? तपाइले नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षका लागि उम्मेदवारी दिनु भएको छ । संघको नेतृत्वको यो महत्वपूर्ण दौडमा तपाईंको उम्मेदवारी धेरैका लागि चासोको विषय भएको छ । तपाइको उम्मेदवारी किन ? तपाईंको उम्मेदवारीको प्रमुख उद्देश्य के हो र यस संघलाई तपाईं कसरी बदल्न चाहनुहुन्छ ?

 नमस्कार म आरामै छु । अब जाडो पनि सकिन लाग्यो । मौसम पनि राम्रो हुँदै आएको छ । म अहिले नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेशको नवौं साधारण सभाबाट अध्यक्ष पदमा उठ्न लागेको कुरा यहाँलाई अवगत नै भएको छ होला र यसमा धेरै साथीभाइहरुको चासो पनि छ । म नवराज सुवेदीले उद्योग वाणिज्य संघको जिम्मेवारी लिन खोज्नु भएको छ भन्नी कुरा थाह पाई धेरै साथीभाइहरुलाइ उत्साह उमंग पनि छ । मेरो उम्मेद्वारी किन भन्नु हुन्छ भने मैले जीवन नै व्यापारमा समर्पण गरे चाहे सानो होस् चाहे ठूलो होस् । व्यवसायीक हकहितको लागि व्यवसायीक संगठन भित्र नै आफ्ना कुराहरु राख्ने, हाम्रा तमाम पिर समस्या, मर्काहरु जति रहेका छन् ति कुराहरु हामीले व्यक्त गर्नको लागि, व्यवसायीक हकहितको लागि तथा समाधानका लागि हाम्रो संगठन चाहियो । त्यसको निम्ति मेरे उम्मेद्वारी रहेको छ । तपाईले संघलाइ कसरी बदल्न सक्नुहुन्छ भन्ने प्रश्नमा निति, नियम विधान र समसामायिक परिस्थिति अनुसार चलाएर नै संघलाइ बदल्न सकिन्छ ।

२. गण्डकी प्रदेशका व्यवसायीहरुले भोगिरहेका प्रमुख चुनौतीहरु के छन् र तपाईंको दृष्टिकोणमा तिनीहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ ?

 गण्डकी प्रदेशका व्यवसायीहरुको चुनौतीहरुको रुपमा धेरै कुराहरु रहेका छन् । त्यो भन्दा पनि हामीलाई भविष्यको नै कुरा छ । भन्नु पर्दा अहिले लगभग सुनौली पोखराबाट भारतीय पर्यटकहरु चाही हजारौं गाडीहरु दैनिक भित्रिएको भनिएको आकडा छ । यी सवारी साधनहरु पोखरामा गन्तव्य पु¥याइ मुक्तिनाथ कोरलासम्म जाने भारतीय पर्यटकहरु भारतीय तीर्थ यात्रीहरुको एउटा त्यो अवस्था छ । तर हामीसंग २०२४ सालबाट सुरु भएको सिद्धार्थ राजमार्ग अझसम्म ६० वर्षको इतिहाससम्म पनि हामीले स्तरोन्नती गर्न सकेको छैनौं । त्यो एउटा हाम्रो भारतको ठूलो शहरसंग जोडिने मार्ग यसलाई स्तरोन्नती गर्नुपर्ने एउटा समस्या छ । राम्दीको पुलको समस्या थियो त्यो पनि निर्माण हुँदै छ र अर्काे समस्या भनेको काठमाडौबाट मुग्लिनसम्मको बाटोले पनि हामीलाई अप्ठ्यारोमा पारेको छ । अहिले हामो देशमा एउटा नकारात्कम भाष्य छ नेपालको हवाई उडड्यान पनि सुरक्षित छैन र नेपालको यातायात पनि सुरक्षित छैन भन्ने कुरालाई चिर्दै हामी सबैले विदेशी पर्यटक देखी स्वदेशी पर्यटकहरुलाई पनि हवाई र स्थलमार्ग सुरक्षित रहेको कुरा आस्वास्त पार्नुपर्ने छ । गण्डकी प्रदेशलाई पनि सम्भावना नै सम्भावना भएको प्रदेश हो भनि विश्वसामु देखाउनु पर्छ । यहाँ अहिले साना–साना व्यवसायीेका समस्याको रुपमा हेर्दा सरकारले यो करदाता सेवा कार्यालय उठाएर लग्यो । यसले सर्वसाधारण व्यवसायीहरुलाई दिने सेवा सुविधा फेरी बल्झिएको छ, अन्य समस्याहरु पर्यटन, उद्योगमा पनि त्यस्तै समस्या छ । भएका गाउँघरहरु पनि खाली हुँदै गएका छन् । नेपालमा श्रमिकहरु छैनन्, अहिले विदेशबाट श्रमिक ल्याएर काम लगाउनु पर्ने स्थिती आएको छ । सरकारले छुट्टाएको बजेट पनि कार्यन्वयन गर्न नसकेको अवस्था छ । अहिले नेपालमा काम गर्ने श्रमिकको अभाव भएको छ । साधारण श्रमिक देखि दक्ष श्रमिकको ठूलो अभाव भइ सकेको छ । हाम्रो सम्भावना अहिले भनेको पर्यटनको क्षेत्र हो । हाम्रो व्यवसायमा हामीले ठूलो ठूलो उद्योग खोलेर सामान निर्यात गर्नु भन्दा हाम्रै कृषि पर्यटनका सामानहरु बेच्नुपर्छ । आन्तरिक पर्यटनको लागि बाह्य पर्यटनको लागि पनि हाम्रो गण्डकी प्रदेश, नेपाल भरी एउटा ठूलो सम्भावना बोकेको प्रदेश हो र कृषिमा पनि ठूलो सम्भावना छ । हाम्रो माथि मुस्ताङमा रहेको ठूला ठूला जमिनहरुमा आलु, स्याउहरु र अन्य जिल्लाहरुमा सुन्तला, कफी अदुवा तरकारीहरु उत्पादन हुन्छ । पर्यटनको क्षेत्र देखि लिएर कृषि उत्पादनहरु पनि छन् । फेरी यसमा पनि धेरै समस्याहरु छन् । सुन्तलाहरुमा पनि विभिन्न किसिमका रोगहरुको समस्या बढिरहेको छ भन्ने कुरा पनि आएको छ । व्यवसायीहरुको समस्यामा अहिले व्यवसायको प्रकृति मोडल अनुसार फरक भएको छ तर पनि हाम्रा व्यवसायीहरु परिर्वतन हुन सक्नु भएको छैन । पढेका नयाँ पुस्ताहरु सबै विदेश पलायन हुने र पुराना व्यापारीहरु पुरानै शैलीमा व्यापार गर्ने एउटा प्रवृत्ति रहेको छ । व्यापारको प्रवृत्ति फेरिएको छ । जनसंख्याको कमीले गर्दा व्यवसायमा मन्दी आएको छ । किनभने व्यापार भनेको जहाँ मानिसहरुको भिड हुन्छ, त्यहाँ शहर हुन्छ र व्यापार पनि हुन्छ । जहाँ मानिसहरुको संख्या कमी हुन्छ त्यहाँ व्यापारमा मन्दी लाग्दछ । सबै क्षेत्रमा मन्दीको असरले गर्दा सम्पूर्ण यातायात, पर्यटन, होटल लगायत सबै क्षेत्रमा यसको असर रहेको छ । त्यसको लागि हामीले देशमा नै बस्ने र देशमा नै फर्कने आफ्नै गाउँघरमा जनसंख्या भर्ने अभियानमा जानु पर्छ यदी गाउँ भर्ने अभियानमा हामी लागेनौं भने देशले एउटा ठूलो दुर्घटना व्यहोर्नु पर्छ ।

३. तपाईंको अनुभवबारे चर्चा गर्दा, तपाईंको योग्यता र पृष्ठभूमि व्यवसायीक नेतृत्वका लागि कस्तो रहेको छ ?

 मेरो अनुभव भन्नु पर्दा म ५४ वर्षको भए मैले यतिका उमेरसम्म व्यवसायमा नै जीवन बिताए । साना व्यवसायीका समस्या देखि लिएर ठूला व्यवासयीहरुको समस्या पनि मैले भोगिरहेको छु । उद्योगीहरुको समस्या पनि अवगत छ । औद्योगिक साथीहरुको ठूलो समस्या छ र हाम्रो व्यवसायमा पनि धेरै समस्याहरु छन् । मैले स्नातक तह (वि.कम) गरेको छु । व्यवसायीक पृष्ठभूमीमा मैले एफ.एन सी.जी. र लिक्वीयरहरुको आधिकारिक विक्रेता भएर व्यवसाय गरिरहेको छु । जिल्लाका धेरै संस्थाहरुमा मैले नेतृत्व प्रदान गरिसकेको छु । म जिल्लाका करिब २०÷२२ वटा संघ संस्थामा आवद्ध छु । प्रदेशमा पनि म अहिले गण्डकी प्रदेशको कोषाध्यक्ष पदमा आवद्ध रहेर कामहरु गरेको यहाँहरुलाई स्मरण गराउन चाहान्छु । अनुभवको बारेमा कुरा गर्दा हामीले स्याङ्जामा धेरै राम्रा कामहरु गरेका छौं । स्थानीय निकाय नरहेको अवस्थामा लगभग सरकार प्रमुखहरुले गर्ने काम प्रमुख जिल्ला अधिकारी लगायतसंग हामी मिलेर गरेका थियौं । मेरो ३ वर्षे कार्यकालमा हामीले जिल्लामा महत्वपूर्ण निति, नियम र निर्माणहरु गर्ने विभिन्न आर्थिक समितिहरुमा बसेर गर्ने काम गरियो । सायद त्यो स्थानिय निकायको रिक्तता हामिले पुरा ग¥यौं, गर्व लाग्छ । आप्mनै संस्था मजबुद गराउने काम मैले स्याङ्जाबाट सुरु गरे र मैले मुद्धती खातामा बचत जम्मा गरेर एउटा पद्धती बसाल्न सुरु गरे । स्याङ्जामा र अहिले गण्डकी प्रदेशमा पनि एउटा निति र नियममा रहेर संस्थागत हकहितको लागि हामीले धेरै कामहरु गरेका छौं । व्यवसायिक पृष्ठभूमिमा त यी नै हुन । जीवन नै व्यापारमा समर्पण गरियो । मान्छेले व्यापारलाई साइड व्यवसाय गर्ने होइन, व्यवसायमा नै समर्पण गर्ने हो भन्ने मलाई लाग्छ । हुन त जागिर खाने मानिसले पनि श्रीमतीलाई व्यापार गराउँछ, विदेशमा हुने श्रीमानले पनि घरमा श्रीमतीलाई व्यापार गराउनी गरेको पाईन्छ तर नेतृत्व गर्ने मान्छे आफै व्यावसायको अनुभवी हुनुपर्छ । व्यापारमा नै समर्पण हुनुपर्छ भन्ने मलाई लाग्दछ ।

४. तपाईंको नेतृत्वले अन्य प्रतिस्पर्धीहरुसँग तुलना गर्दा के फरक ल्याउन सक्छ ?

 मेरो प्रतिस्पर्धी साथीहरुसंग तुलाना गर्दा मैले म आफैलाई अब्बल भन्ने जिकिर गर्दछु । मेरा प्रतिस्पर्धी साथीहरु पनि राम्रै हुनुहोला । गण्डकी प्रदेशका अध्यक्षज्युले पनि फेरी अध्यक्ष पदमा उम्मेद्वार नदिने र गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्षज्यूहरुले पनि अध्यक्ष पदमा उम्मेद्वारी नदिने भएकोले अहिलेको कार्य समितिमा सिनियर पनि म नै छु । म ३ वर्ष बसेर कार्य अनुभव पनि गरेको छु । तसर्थ अहिले रहनु भएका प्रतिस्पर्धी साथीहरुमा भन्दा म मा परिपक्कता रहने यहाँहरुलाई अवगत गराउन चाहान्छु । म केवल छोटो समयको नतिजामा केन्द्रित नभई दीर्घकालीन लक्ष्य र स्थायित्वमा ध्यान दिन्छु । यसले संस्थालाई स्थिर र दिगो विकासतर्फ लैजान्छ भन्नेमा म ढुक्क छु ।

५. अब तपाईंको टीमबारे कुरा गरौं । तपाईंले आफ्नो टीम हालसम्म किन सार्वजनिक गर्नुभएको छैन ?

 अब यो टिमको कुरामा हामीसंग राजनितिक संघ संगठन त्यस्तो केही पनि होइन । मैले आप्mनो उम्मेद्वार घोषणा गरिरहेको छु । जहाँसम्म मलाई सर्वसम्मत साथीहरुले दिनुहुन्छ जस्तो लाग्छ । सर्वसम्मत नभए निर्वाचन प्रक्रियामा नै जाने हो । हाम्रो सर्वसम्मत रुपमा लैजाने प्रयास हो । त्यस्तो टिम बनाएर जादा खेरी पछि द्धन्द भै काम गर्न गाह्रो हुन सक्छ । टिम नबनाउने पक्षमा हामी छौं र सर्वसम्मत निर्णय गराउने प्रयास रहन्छ । निर्वाचन प्रक्रियामा नै जाने हो भने साथीहरुसंगको सरसल्लाहमा टिम बन्ने कुरा रहन्छ । अब इच्छुक साथीहरु पनि विभिन्न पदमा इच्छा जाहेर गर्नुहुनेछ । म गुणस्तरमा विश्वास गर्छु, हतारमा घोषणा गर्नमा होइन । जिम्मेवारीअनुसार योग्य, प्रतिबद्ध र सक्षम व्यक्तिहरूको छनोट सावधानीपूर्वक भइरहेको छ ।

६. जिल्ला नगरका महासंघमा आवद्ध पदाधिकारीरुले स्थानीय तहका उद्योग व्यवसायका सामान्य भन्दा सामान्य समस्याको सन्दर्भमा पनि महासंघको प्रदेश नेतृत्वले बोल्नु पर्ने माग राख्दै आएका छन । अब आउने नेतृत्वले यस्तो गर्न नसकेको खण्डमा महासंघको शाख झनै खस्कने अवस्था रहने देखियो नि ?

 एकदमै सही कुरा हो जिल्ला नगरका आप्mनै तमाम समस्यहरु छन् । सानातिना कुराहरुले पनि व्यवसायीहरु प्राताडित भएको अवस्था छ । जिल्लामा व्यवसायीहरुले विभिन्न समस्याहरु झेल्नुपरेको अवस्था छ । चाहे जुनसुकै क्षेत्रमा किन नहोस् । जस्तैः निर्माण व्यवसायीहरुले राम्रो बालुवा गिट्टी पाउन सक्नु भएको छैन । हरेक कुरामा व्यवसायीककरण हुनुप¥यो । हामी त भन्छौं सबै स्थानीय तहरुमा एउटा व्यवस्थित ढंगले क्रसर उद्योगहरु संचालन हुुनुप¥यो । जसले गर्दा खेरी गुणस्तरीय मेट्रियलहरु पउन सहज होस् । खानी तथा ढुंगाका कुराहरु छन् । साना साना व्यवसायीहरुले व्यवसाय भनेर एउटा कुरा मात्र रहदैन । जस्तैः यातायातका समस्याहरु छन् । हामी गरिब राज्यमा छौं । राज्यको उपस्थिति कत्ति पनि छैन । विदेशीले बनाईदिएको बाटो हामीले मर्मतसम्म पनि गर्न सकेको छैनौं । यस्तो अवस्थामा देश नै निजी क्षेत्रको जिम्मामा छ । आज हेर्नुस कुनै क्षेत्रमा राज्यको उपस्थिति देख्न सक्दैनौं । राज्य केवल एउटा विदेशीले बनाईदिएको बाटोको कर उठाउन मात्र सक्षम छ । गाडि किन्ने देखि लिएर हर सेक्टरमा नीजी व्यवसायीले मुलुक ढाकेको अवस्था छ । यस्तो अवस्थामा अझ भदौं २३ र २४ गतेको घटनामा त व्यवसायीहरु यति पिडित र त्रसित रहेको अवस्था छ । आप्mनो सम्पति चाहे धेरै होस वा चाहे थोरै होस सबैलाई माया छ । यो अवस्थामा सबै व्यवसायीहरु त्राहीमाम बनेको अवस्था छ । यो देशमा अब फेरी आगो लाग्दैन, अब फेरी हाम्रो सम्पति नष्ट हुदैन भनेर लिखित गर्न सक्ने अवस्था कसैको पनि रहेको छैन । कुनै पनि राजनितिक दलहरुले जिम्मा नलिई रहको अवस्था छ । हामीले यो सामान्य साना साना समस्याहरु देखि ठूला ठूला समस्या वातावरण प्रदुषण सम्बन्धि होस वा करका समस्याहरु हुन वा स्थानिय तहले लगाउने करका समस्या हुन जुनसुकै क्षेत्रमा पनि उद्योग वाणिज्य महासंघले हाम्रो प्रत्येक जिल्लाहरु, नगरहरु, इकाइहरुले समस्या समाधानको पहल गरिरहेका छन् । त्यहाँबाट पनि समाधान नभएमा पहलहरु प्रदेश सरकार र संघ सरकारसंग हामीले पहल गरिरहेका छौं । अब आउने नेतृत्वले अझ खारिएर प्रदेश सरकारसंग केन्द्र सरकारसंग व्यवसायीहरुका पिर मर्काहरु हामीले सबै गण्डकी प्रदेश भरी नै जिल्ला नगरहरुको बैठक गरेर उक्त सेक्टरमा पुगेर हामीले समस्याहरुको समाधान गर्नेछौं ।

७. विगतमा महासंघको पहलमा नै एक जिल्ला एक उत्पादनको अवधारणामा काम सुरु भएको थियो, तपाई गण्डकी प्रदेशको नेतृत्वमा आउनुभयो भने यस्तै केही सोच्नु भएको छ ?

 हो एकदमै राम्रो कुरा गर्नुभयो । पहिला एक जिल्ला एक उत्पादन थियो । अहिले कोही कोही स्थानिय सरकारहरुले जिल्लाहरुमा एक गाउँ एक उत्पादन भन्ने पनि छ । यो असाध्यै प्रभावकारी कार्यक्रम पनि हो । एक जिल्ला एक उत्पादनमा पहिले हामीले स्याङ्जामा कफी, सुन्तलाहरुमा कार्यक्रम गरेका थियौं । जस्तैः कोही साथीहरुले टिमुर कतै हाते कागजको काम गर्नु भएको छ । यो राम्रो कार्यक्रम हो र महासंघमा सरकार र महासंघबाटै आउने यो पैसाको लागि महासंघले कुरा गरिरहेको छ । यो प्रभावकारी पनि छ । पहिला केही कमीकमजोरीको कारण विचमा रोकिएको हो । अव यसमा कुरा भै रहेको छ । यो राम्रो कार्यक्रम छ हामीले पनि सोचेका छौ, गण्डकी प्रदेशले पनि सोचिरहेको छ । यसको निरन्तरता हुनेछ ।

८. उद्योग वाणिज्य महासंघमा विगत देखि देखिदै आएको ठुला र साना उद्योगी व्यवसायी विचको द्धन्द्ध अन्त्य गर्नका लागि तपाइको समुहले चुनाव जितेको खण्डमा के पहल गर्ने योजना छ ?

 हो ठूला व्यवसायी र साना व्यवसायीहरु बीच द्धन्द छ । ठूला व्यवसायीका आप्mनै प्रकारका समस्याहरु छन र साना व्यवसायीहरुका पनि आप्mनै समस्याहरु छन् । उद्योग वाणिज्य महासंघ प्रदेशमा पनि केन्द्रमा पनि हामीले जिल्ला नगरका समस्याहरु हेर्नका लागि जिल्ला नगर उपाध्यक्षहरु, प्रदेशमा पनि जिल्ला नगर उपाध्यक्षहरुको व्यवस्था गरेको छ । ति जिल्ला नगर उपाध्यक्षज्यूहरुले जिल्ला नगरका व्यवसायीहरुका साना साना समस्याहरुलाई पनि सम्बोधन गर्ने, नितीगत सुधारहरु गर्ने पहलको थलानी भएको छ । वहाँहरुबाट साना व्यवासयीका समस्या पनि समाधान गर्ने काम हुन्छ । ठूला व्यवसायीहरुको पनि समस्या समाधान गर्नका लागि एसोसिएट उपाध्यक्षज्यहरु हुनुहुन्छ । वहाँहरुले ठूला व्यवसायीहरुको कुरा राख्नुहुन्छ र जिल्ला नगरका उपाध्यक्षज्यूहरुले साना व्यवसायीहरुको कुरा राख्नुहुन्छ । दुइ वटैलाई समन्वयन गरी अध्यक्षज्यूले समाधान तर्फ जान एउटा पहल गर्नुपर्ने अवस्था रहको छ । यो एकदमै राम्रो कुरा हो । आपसमा समन्वय हुन नसकेको मात्र हो नत्र ठूला व्यवासयले पनि साना व्यवसायका मर्का नर्हेने भन्ने कुरा पनि छैन । ठूलाका आप्mनै समस्याहरु छन् सानाका आप्mनै समस्या छन् । समस्या समस्याकै बीच हामी चल्नु परेको छ ।

९. चुनाव नजिकिँदै छ, मतदाताहरु कत्तिको अलमलमा परेको अनुभव गर्नु भएको छ ?

 अब मतदाताहरु अलमलमा पर्नु भएको छैन । अहिले सबै सचेत हुनुहुन्छ । सबै व्यवसायिक साथीहरु खारिएर जिल्लाको नेतृत्वमा आउनु भएको छ । हेर्नुस सबै हाम्रा जिल्ला नगरका एसोसिएट सदस्यहरु सबै आप्mनो व्यवसायमा निपूर्ण हुुनुहुन्छ । वस्तुगत अध्यक्षहरु र वस्तुगत सदस्यहरु पनि सबै निपुर्ण हुुनुहुन्छ । अझ पायो भने निजी क्षेत्रले मुलुक नै चलाउन सक्ने अवस्थामा नेतृत्वहरु हुनुहुन्छ । कोही पनि अलमलमा हुनुहुदैन र कुन उपयुक्त उम्मेद्वार हो भनेर कसैको प्रभाव र दवाव वा गुटमा नपरेर राजनितिक धारणा नराखीकन एउटा त्यो भन्दा पनि माथि उठेर आप्mनो व्यवसायीक नेता छान्नको लागि सबै साथीहरु, जिल्ला नगरका अध्यक्षज्यूहरु, एसोसिएट सदस्यज्यूहरु, वस्तुगत संघका अध्यक्षज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, हाम्रा पूर्व सल्लाहकारज्यूहरु, वर्तमान सल्लाहकारज्यूहरु सम्पूर्ण पदाधिकारीहरु सबै सचेत हुुनुहुन्छ । हामीलाई लाग्छ कोही पनि अलमल हुुनुहुन्न ।

१०. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

 अन्त्यमा के भन्न चाहान्छु भने आप्mनो देश आप्mनो मातृभूमी जस्तो केही हुदैन । हामीले विदेशमा गएर जति नै आय आर्जन गरे पनि आप्mनै देशको माटो, हावा र पानीको छुट्टै अनुभव हुन्छ । मैले धेरै देशहरु अवलोकन गरेको छु । जब म विदेश जान्छु तब मैले प्रत्येक कुराहरु आप्mनो देशसंग तुलना गर्छु । हाम्रो देशमा यो मनोरोल कहाँ चल्छ, भूमिगत रेल कहाँ चल्छ ? हाम्रो देशमा यस्तो बाटो कहाँ होला ? हाम्रो देशको सुविधाहरुको लागि के गर्न सकिएला भनि आपूmले तुलना गरि रहेको हुन्छु । आज नबने पनि हामीले भोली बनाउन सक्छौं । हिजोको जस्तो अवस्था छैन । अव अहिले सबै विश्व परिस्थिति नै बदलिएको अवस्था छ । ठूला ठूला वैज्ञानिक उपकरणहरुले धेरै क्षेत्र सुविधा सम्पन्न बनेका छन् । टनेल मार्ग देखि लिएर रेल मार्गको लागि हामी सबैसंग बार्तामा छौं । समय छ, अझै केही विग्रिएको छैन । अरु देशले ५० वर्षमा गर्न सक्ने विकास हामीले अव १५÷२० वर्षमा विकास गर्न सक्छौं । हाम्रो देशमा सम्भावना नै सम्भावनाहरु रहेको छ । हामीसंग जलविद्युत, पर्यटन र कृषिमा हामीले धेरै विकासका योजनाका कामहरु गर्न सक्छांंै । जस्तै हाम्रा अर्गानिक स्याउ, सुन्तला, कागती र फलपूmल तरकारीहरु मध्यपूर्व अरब, दुवई जहाँ पनि हामीले पु¥याउन सक्ने अवस्था छ । त्यो रहयो भने हामी समुन्नत हुन सक्छौं । हाम्रा दाजुभाई दिदी बहिनी खाडी क्षेत्र लगायत विभिन्न मुलुकमा रहेका लाखौं नेपालीहरुलाई देशमा बस्ने सक्ने वातावरण निर्माण गर्नु आजको चुनौती हो । किनभने अहिलेको जनसंख्या घट्दै गएको छ । अहिले दक्ष र अदक्ष जनसंख्याहरु विदेश जानाले गाउँ रित्तिएको छ । त्यो पिढीहरुलाई फेरी फर्काउनु छ । यो १०/२० वर्षमा मुलुकमा विकास गर्न सक्यौ भने हामी युरोप, अमेरिका भन्दा पनि समुन्नत बन्न सक्ने हाम्रो अवस्था रहन्छ । तसर्थ पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई आवाहन गर्न चाहान्छु कि हामी आत्तिनु हुदैन, मातिनु हुदैन देशले कोल्टो फेर्छ । धैर्य गर्नुपर्छ केही पनि नभएको होइन, देशमा विकासका निर्माणहरु भएका छन् तर अहिलेका पिढीहरुले एकै आमुल परिवर्तन खोजेर मात्र हो । हामी पुराना पिढीले भोगेर आउँदा आजसम्म धेरै विकास भएको छ र अझै विकासका कामहरु गर्नुपर्ने छ भन्दै सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई पब्लिक आवाज मार्फत मलाई एकचोटी गण्डकी प्रदेश उद्योग वाणिज्य संघको प्रदेश अध्यक्षको जिम्मेवारी दिन आव्हान गर्दछु । म सबै उद्योगी व्यवसायीहरुको हकहितको निम्ति तपाईहरुको व्यवसायीक नेताको रुपमा तपाईहरुको शिर उच्च हुने गरी काम गर्नेछु, भनी विश्वास दिलाउन चाहान्छु ।

 

प्रतिक्रिया