कांग्रेसका नेता अधिकारीले बिद्यार्थीसंग मनाए जन्मदिन

पब्लिक आवाज
भीरकोट ।
अचेल जन्मदिनको अवसरमा फजुल खर्च गरी रमाइलो गर्ने प्रचलन बढिरहेको परिवेशमा नेपाली काँग्रेस भीरकोटका सभापती एवं वडा नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले उदाहरणीय कार्य गरि जन्मोत्सव मनाएका छन् । उनको जन्मदिनको अवसरमा भीरकोट जेसिजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा भीरकोट जेसिज स्थापनाकर्ता समेत रहेका अधिकारीले भीरकोटका विभिन्न विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल नारा आत्मसाथ गर्दै आएका सकारात्मक विचारका अभियन्ता अधिकारीले सडक दुर्घटनामा परि उपचाररत अवस्थामा रहेकी भीरकोट ९ निवासी अनु गुरुङलाई नगद रकम रु ११,५५५÷– आर्थिक सहयोग प्रदान गरेका छन् ।
संञ्चार माध्यमबाट उपचाररत अनु गुरुङ समस्यामा रहेको जानकारी पाएपछि एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गनुपर्ने मान्यता अनुसार आफूले कति सहयोग ग¥यो भन्दा पनि प्रेम र सदभाव बाँडन आएको अधिकारीले बताए । अनु गुरुङको हाल पोखरामा उपचार भैरहेको छ । आर्थिक अभावले छट्पटिएकी पिडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै अधिकारीले आगामी दिनहरुमा पनि सामाजिक तथा रचनात्मक कार्यमा आफ्नो सहयोग रहने बताए । जन्मदिनमा पार्टी गरेर मनोरञ्जन गर्नुभन्दा रचनात्मक कार्यमा सहयोग गर्नु उचित हुने सोच अनुरुप पीडितलाई सहयोग गरिएको उनले बताए । सोही अवसरमा अधिकारीले भीरकोट–८ निवासी चोल बहादुर गुरुङलाइ बैसाखी पनि प्रदान गरे । कार्यक्रमकै दौरानमा नेपाल तरुण दल, भीरकोटका अध्यक्ष राजकुमार गुरुङले युके निवासी सुधा थापाले पठाएकोे सहयोग रकम रु ११,२००÷– अनु गुरुङलाई हस्तान्तरण गरे ।
भीरकोट जेसिजका अध्यक्ष जेसि कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव सुन्दर कोइरालाले गरेका थिए । अध्यक्ष पौडेलले जन्मोत्सवमा गरिने खर्च कटौती गरि आवश्यक क्षेत्रमा सहयोग सबैका लागि अनुकरणीय हुने बताए । उनले यस किसिमको सहयोगले समाजमा विभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्नु आवश्यक रहेकोमा जोड दिए । समुदायलाई परिवर्तन गर्न सबै भन्दा पहिला आफुै नै परिवर्तन हुन आवश्यक रहेको पौडेलले बताए । कार्यक्रममा उपस्थित सम्पूर्ण जेसिज पदाधिकारीले जन्मदिनको अवसरमा अधिकारीलाई शुभकामना प्रदान गरेका थिए ।
प्रतिक्रिया