आर्थिकमन्दीले नागरिक चपेटामा — सांसद अर्याल

स्याङ्जा ।
गण्डकी प्रदेशका सांसद भोजराज अर्यालले आर्थिकमन्दीले नागरिकहरु चपेटामा परेको बताउका छन् । गण्डकी प्रदेशको बिहीबार बसेको बैठकमा बिशेष समयमा बोल्दै सांसद अर्यालले आर्थिकमन्दीको असर निम्न वर्गिय र मध्यम वर्गिय नागरिकमा असर परेको बताएका हुन् । वित्तिय संस्थाहरुले व्याजदरमा गरेको मनपरीले धेरै उद्योगी व्यवसायी देखि सर्वसाधरणमा परेको असरका बारेमा प्रदेश सरकारको ध्यानाकर्षण सांसद अर्यालले गराए । वर्तमान परिपेक्षमा जनतालाई परेको समसामायीक समस्याका बिषयमा बोल्दै सांसद अर्यालले मुल्य बृद्धि, बजेट घाटा र आन्तरिक उत्पादन घटेको बिषयमा ध्यानाकर्षण गराए ।

स्याङ्जा निर्वाचन क्षेत्र २ को २ बाट निर्वाचित सांसद अर्यालले जनताको भावना सगै मुहार फेरिने ठोस कार्ययोजना सरकारले ल्याउनुपर्ने बताए । आन्तरिक उत्पादन घट्नु र आयात बढ्नुले देशलाई ठुलो क्षती पुगेको सांसद अर्यालले बताए । जनताको नजिकको सरकार भनेको प्रदेश सरकार हो भन्ने पुष्टि गर्ने अवसर आएको भन्दै सांसद अर्यालले यसको औचित्य तर्फ ख्याल दिन प्रदेश सरकारलाई अनुरोध गरे ।

प्रतिक्रिया