यो सत्ता समिकरण मिसन ८४ सम्म—एमाले सचिव अर्याल

वालिङ ।
नेकपा एमालेका केन्द्रिय कमिटिका सचिव पद्मा अर्यालले वर्तमान सत्ता समिकरण परिर्वतन नहुँने बताएकी छन् । देशलाई संकटबाट उर्तानको निम्ति एमाले सरकारमा गएको भन्दै सरकारको आलोचना गर्दैमा सरकारको समिकरण परिर्वन हुन्छ भन्ने भ्रम नपाल्न सचिव अर्यालले दावी गरिन् । शनिबार नेकपा एमाले वालिङ नगर कमिटीको दोस्रो अधिवेसनको उद्दघाटन गर्दै पुर्व मन्त्री समेत रहेकी अर्यालले देशको व्याप्त बेथिति, देशको संकट मोचनका लागी एमाले सरकारमा गएको भन्दै यो समिकरण मिसन ८४ सम्म रहने जिकिर गरीन् । सचिव अर्यालले भनिन्, “देशबाट हुने सबैखालका पलायन रोक्न आवश्यक छ । युवा पलायन भएका छन् । युवासंगै सिप, जोस, जाँगर र पुँजी समेत पलायन भएको छ यो पलायन रोक्न सकिएन भने देशको समृद्धि हुन सक्दैन् ।”

सत्तामा बस्दैमा सरकारको गलत कामलाई सही भन्न नसकिने भन्दै सचिव अर्यालले सरकारलाई सुझाव दिईरहँदा यो समिकरण परिर्वतन हुन्छ की भन्ने शंका नर्गन आग्रह गरीन् । मन्त्रीका लागी मात्रै यो समिकरण नभएको भन्दै देशलाई सहि मार्गमा हिँडाउन यो सत्ता समिकरण भएको उनको भनाई छ । सरकारलाई स्वतन्त्र रुपमा अगाडि बढाउन एमाले लागि परेको भन्दै एमालेले सत्ताका लागी कुनै र्बागेनिङ नगरेको उनले बताइन् ।

सरकारको सहयोगीको रुपमा एमाले सत्तामा रहने भन्दै प्रधानमन्त्रीलाई कुनै खालका डिस्र्डब नगरी काम गर्न दिने तर गलत कुरामा आलोचना र सुझाव पनि दिने उनले बताइन् । केहि तत्व सत्ता समिकरण भत्काउन लागि परेपनि सफल नभएको भन्दै यो सरकारलाई एमालेले नै टिकाउने र मिसन ८४ सम्म रहने उनको दावी छ ।

कार्यक्रममा एमाले स्याङ्जाका इन्र्चाज टुकराज सिग्देलले एमालेले सरकारको नेतृत्व लिएका बेला थुप्रै राम्रा कामहरु भएको भन्दै संघियता जोगाउन पश्चगामी शक्तिलाई परास्त गर्नुपर्ने बताए । मुलुकलाई समाजवादमा पु¥याउने एकमात्र पार्टी एमाले भएको भन्दै मिसन ८४ सम्पुर्ण पार्टी कार्यकर्ताहरुको होमर्वक भएको बताए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य सिमा क्षेत्री, अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुली, संविधान सभा सदस्य टेकु नेपाली, जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, पुर्व सांसद नारायण मरासिनी, पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापालगायतले अधिवेसनले जुझारु नेतृत्व निर्माण गरोस भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रम वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ र संचालन सचिव यमकान्त खनालले गरेका थिए । अधिवेसनमा भुगोलबाट १७३, आयोजक १०४, सल्लाहकार ७५, मनोनित १९, जनसंगठन २९, समाजेशी ९ गरी ४११ जना प्रतिनिधि सहभागी छन् । अधिवेसनले ५ पदाधिकारी सहित ७५ सदस्यीय नगर कमिटी निर्माण गर्नेछ । जसमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा, जनजाति, अल्पसंख्यक, दलित, मुस्लिम गरी समावेशीताको आधारमा कमिटीमा चयन हुनेछन् । आगामी नेतृत्वका लागी हालकै अध्यक्ष शोभाकान्त पौडेल र नेता पुण्यप्रसाद अर्याल र माधवप्रसाद कडेलको चर्चा रहेको छ ।

 

प्रतिक्रिया