श्रमको सुरक्षामा प्रदेश सरकार प्रतिवद्ध छ ः सभापति अर्याल

स्याङ्जा ।
गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले अन्तराष्ट्रिय मजदुर दिवसको शुभकामना दिदै सम्पूर्ण श्रमजीवी मजदुरहरुको पक्षमा प्रदेश सरकार प्रतिवद्ध रहेको जनाएका छन् । स्याङ्जा क्षेत्र नम्बर २ को प्रदेश (क) बाट निर्वाचित सांसद अर्यालले अन्तराष्ट्रिय मजदुर दिवसमा एक शुभकामना सन्देश जारी गर्दै नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन समस्या छन् उनले भनेका छन्,‘उनीहरुको हक, हित सुरक्षाका लागि प्रदेश सरकार सदा प्रतिवद्ध छ ।’ मजदुर वर्गको आर्थिक हैसियत माथी उकास्न सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुनेछ सभापति अर्यालले सन्देशमा उल्लेख गरेका छन् ।
मजदुरहरुकै सहयोगमा २००७, २०४६ र ०६२÷०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलता मिलेको छ । नेपाली काँग्रेस र मजदुरहरु सधै एक अर्कामा आवद्धता भएर अनन्य सहयोगी भएर आएको सर्वविदिदै छ । नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाईहरुले व्यहोर्नुपरेको अनेक समस्यामा नेपाली काँग्रेस सदैव सचेत भएर लागि रहने सभापति अर्यालले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र हो सभापति अर्यालले उल्लेख गरेका छन्,‘लोकतन्त्रमा सबै मजदुर श्रमजीवीहरुको सुरक्षा हुनुपर्छ ।’ सम्पुर्ण मजदुर श्रमजीवीहरुमा सुख, शान्ति, समृद्धि एंव श्रम अधिकार सुनिश्चितताको कामना अर्यालले गरेका छन् । श्रीमजीवीका हरेक मुद्धाहरुमा आफु अडिग र आवाज बनेर उभिरहने सभापति अर्यालले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया