महायज्ञ : ज्ञान कि धन ?

नारायण प्रसाद कोइराला ।
महायज्ञ अहिले नेपालको सबैभन्दा चलनचल्तीको एक धार्मिक अनुष्ठान कार्य, महायज्ञ ज्ञान साधनाको कार्य, महायज्ञ आध्यात्मिक जागरणको अभियान, महायज्ञ मन शान्ति र मोक्ष प्राप्तीको मार्ग आदि यस्तो थुप्रै प्रकारका प्रयायवाची शब्दहरु छन् । जसले महायज्ञ सुन्नेबित्तिकै मनलाई नै आनन्दित बनाउँछ । महायज्ञ लगाइएको ठाउँमा जाँदा त्यहाँको कथाहरु सुन्दा मानिसलाई सम्पूर्ण पापबाट र अनेकौ कलमषहरुबाट मुक्ति पाउनुका साथै अष्ट शिद्धि प्राप्त गरी मोक्ष प्राप्त गर्दछ भने हामी सबैमा विश्वास छ ।
महायज्ञमा व्यास पिठमा विराजमान पुज्य गुरुदेवहरुले दिनुहुने वाणीलाई अमृत समान श्रवण गरी धन्य हुने प्रयत्न गरिन्छ । महायज्ञलाई हामीले भक्तियोगको मार्गको रुपमा पनि लिइन्छ । सनातन संस्कृतिमा धेरै पुराणहरुमा महायज्ञ–यज्ञादी गर्ने प्रचलन रहेको पाइन्छ । जस्तै, भागवत् पुराण, अग्नी पुराण, शिव पुराण, बह्मपुराण, गरुड पुराण आदि धेरै यस्ता पुराणहरु छन् जसले जिवन जिउने, प्राणी जगतको सबै प्रश्नहरुको विश्लेषण गरी उत्तर दिन सक्ने हुन्छन् । पुराणहरुमा यो ब्रह्मण्डको उत्पत्तिदेखि यसको प्रलयसम्म, सृष्टीको संरचना र रहस्य, स्वास्थ्य विज्ञान, योग, आर्युवेद, विभिन्न शत्तिहरुको वर्णन, गणित, विज्ञान, संगितदेखि लिएर भगवानका अवतार आदिका वर्णनहरु पाउने गरिन्छ र यो सबै अमृतरुपी ज्ञानहरुलाई आम सर्वसाधरणमा पुर्याउने माध्यम भनेको महायज्ञ हो अनि यो महायज्ञको व्यास पिठमा बसेर गुरुहरुले वर्णन गर्नुहुने छ ।
हिन्दू धर्म वा सनातन धर्मलाई धार्मिक परम्परा र दार्शनिक विद्यालयहरुको संग्रहको रुपमा समेत वर्णन गरिएको छ । हिन्दू धर्मको विश्वासको प्रमुख विषयवस्तुहरु भनेको नैतिकता र कर्तव्यमा आधारित धर्म, जन्म, जीवन, मृत्यु र पुर्नजन्म, कर्म, मोक्ष र योगहरु हुन् । धर्मलाई आधार मानेर संस्कार टिकेको छ संस्कारको आधारमा जीवन टिकेको छ र यो कुराहरुलाई अमृतपान गराउने महायज्ञहरु विभिन्न समयमा विभिन्न महापुरुषहरुबाट हुने गरेको इतिहास सुन्न पाइन्छ । कुनै पनि धार्मिक महायज्ञको आफ्नै विधि पद्दति हुन्छ, त्यसले मानव जीवन, प्राणी जगत र प्रकृतिमा समेत सकारात्मक उर्जा प्रदान गर्ने गर्छ । त्यसैले त यसलाई जीवनको एक महत्वपूर्ण क्षेणको रुपमा लिने गरिन्छ । तर, यी सबै सकारात्मक भावहरु, सन्देशहरु हुँदाहुँदै पनि पनि नेपालमा यज्ञहरु ज्ञानको लागि भन्दा पनि धन उठाउनका लागि गरिएको जस्तो देखिन्छ ।
धन आर्जन गर्नका लागि कही मानव सेवा, कही मन्दिर निर्माण, कही विद्यालय निर्माण, गुरुकुल, वृद्धाआश्रम यो देशमा जे जे कुरा विकासका लागि चाहिन्छ त्यो सबै धार्मिक महायज्ञका नाममा गरिएको धन महायज्ञले गरेको हुन्छ । म कुनै धार्मिक संस्कार, यज्ञ महायज्ञको विरोधी त होइन र पनि केही कुराहरु लेख्नैपर्ने भएको ले उल्लेख गर्न खोजेको मात्र हुँ । नेपालमा अहिले धर्म परिवर्तनको मुद्वाले सबैको टाउको दुखाईको पक्ष बनेको छ । २०४७ सालको परिर्वतनपछि नेपालमा धेरै व्यक्तिहरु धर्मको नाममा, आध्यात्मको नाममा उत्पादन हुने केही संस्कृतका स्लोकहरु सिक्ने एउटा कुनै पुराणका अवधारणहरुको अवलोकन गरेर भागवत ज्ञान भन्दै २–४ जना बटुलेर हिड्ने क्रम देखिएको छ भने त्यसको ठीक सँगसँगै धर्म परिवर्तन हुने दर पनि वृद्धि हुँदै गएको भेटिन्छ । झन ०६२÷०६३ को परिवर्तन पछि त यहाँ हरेक टोलमा विभिन्न बहानामा धार्मिक कार्यक्रम गर्ने संख्या वृद्धि भयो भने हरेक टोलमा अन्य धर्मको पनि केन्द्र स्थापना हुने दर बढ्न थाल्यो । धर्म जागरणमा जति समय हिन्दूत्वको नामका यज्ञहरु भए धर्म परिवर्तन गर्ने संख्या पनि त्यति नै मात्रामा वृद्धि हुन थाल्यो यसको कारण के हो त ? किन यस्तो भइरहेको छ त ? किन हामी धर्म र आध्यात्ममा केन्द्रित हुन सकिरहेका छैनौ त ? यसको जवाफ कसले दिने हो ? धर्मगुरुहरुले कि हामी आम सर्वसाधारणले ? यस लेखमा आफैले देखेभोगेका केही कथाहरुहरुको विस्तार गर्ने प्रयास गर्दैछु । अहिले सञ्चालन हुने करिब सबै महायज्ञहरु आध्यात्मिक वा धार्मिक जागरण भन्दा पनि कुनै न कुनै आर्थिक उपार्जनको लागि नै भएको छ, समग्र कथा प्रवचनको आधा समयमा व्यासाचार्यज्यूहरुले नै दान दिनको लागि प्रेरणा दिइरहेको भेटिन्छ । त्यसपछिको आधामा नाचगान, झाँकी प्रर्दशन, सम्मान आदि आदि समेटिन्छ भने बाँकी केही अंश मात्र कथाहरु सुन्न पाइन्छ । अझ यति मात्र कहाँ हो र कथाको अन्त्यमा नियमसम्मत आरती सकिएको हुन्छ तर रात्रीकालिन भजनमा समेत आरतीसहितको झाँकी यसको उद्देश्य के हो मनोरञ्जन की ज्ञान ? भगवानको आरती कतिपटक हुन्छ ? व्यासपिठमा बसेको गुरुले यतिसम्म उत्साहित भएको भेटिन्छन् कि कानको, नाकको घाँटीको फुकालेर दिए पनि हामी ग्रहण गर्दछौ पनि भन्छन् के यो उचित छ ?
यी सामान्य कुराहरु भए त्यसपछि सबैभन्दा ठूलो व्यापार भनेको पर्चामा देखिन्छ त्यो के भने रकम अनुसारको सम्मान, ५ सय, १ हजार दिन चाहनेले रसिद पाउँदैन । दानपेटीमा हाल्नुस्, ५ जार दिनुहोस् प्रमाणपत्र पाउनुहोस्, १० हजार दिनुहोस् गुरुको हातबाट प्रमाण पत्र लिनुहोस्, ५० हजार दिनुहोस् शिलालेखमा नामा लेखाउनुहोस्, १ लाख दिनुहोस् तपाईको सात पुस्ता पितृ उद्दारको लागि होमन गरिदिनेछौ । सुन्दा पनि अचम्म लाग्छ । के यो उचित हो ? यसले धर्म जागरणमा कहाँनिर सहयोग पुग्ने देखिन्छ, के मन्दिरहरु मात्रै बन्दैमा धर्म जोगिन्छ ? आध्यात्मिक ज्ञान पैmलिन्छ ? धर्म परिवर्तन रोकिन्छ ? गौ माताको संरक्षण हुन्छ ? गुरु भनेको छ बढिगार्ड लिएको छ, महंगा महंगा गाडी, एसि जडिट कक्ष के यही हो धर्म बढाउने मुद्वा ? अझ कतिपय महायज्ञहरु त घाटामा गएको पनि सुनिन्छ ? हाँस्यास्पद भएन र ? गुरुकुल, गौशाला, धर्मशाला, आदि बनाउने जिम्मेवारी सरकारको हो । तपाईको होइन, तपाईको त खालि त्यसलाई संरक्षण गर्ने, सम्र्बधन गर्ने, आध्यात्मिक चेतना पैmलाउने हो ।
अन्त्यमा, नेपाल आपैmमा एक आध्यात्मिक रुपमा उच्च सकारात्मक उर्जाशिल भूमि हो यहाँका हरेक क्षेत्र, खोला, नदी, वनजंगल सबैमा आध्यात्मिक चेतना लुकेको छ । करिब ८१ प्रतिशत हिन्दू र सनातन संस्कृतिलाई मान्यको संख्या ९१ प्रतिशत भए पनि करिबकरिब सबैले कुनै न कुनै रुपमा यसलाई स्वीकार गरेको देखिन्छ । यदाकदाका विवादबाहेक धार्मिक रुपमा कुनै पनि मदभेद देखिदैन, कुनै युद्ध छैन । प्रयाप्त मन्दिरहरुको देश नेपालको पशुपतिनाथ, मुक्तिनाथ, पाथिभारा, लुम्बिनी, जनकपुर जस्ता सयौं तीर्थस्थलहरु छन् त्यसको प्रयाप्त आम्दानीलाई हामीले गुरुकुल स्थापना, गौशालाहरु, धर्मशालाहरु आदि बनाउनुका साथै प्राकृतिक चिकित्सालय जस्ता हाम्रा संस्कार, संस्कृति र मानव जीवनकै रक्षाका क्षेत्रमा कार्य गर्न सकिने अवस्था छ । त्यसतर्फ हामीले सोच बनाउने हो ।
अहिले जस्तो धार्मिक महायज्ञहरुलाई विशुद्ध धार्मिक आध्यात्मिक जागरणका क्षेत्रमा मात्र लगाउने । अध्ययनशील, आध्यात्मिक चेतनाले ओतप्रोत, धर्मशास्त्रका ज्ञाता गुरुहरुले समय समयमा त्यस्ता खालका ज्ञानहरुलाई अमृतपान गराए सरि वाणीहरु प्रस्तुत भए बल्ल यसको अर्थ स्पष्ट हुने थियो र महायज्ञहरु धन यज्ञ भन्दा ज्ञानामृत महायज्ञ हुने थियो अनि बल्ल हाम्रो देश नेपाल विश्वको आध्यात्मिक केन्द्र बन्ने कुरामा कुनै दुईमत हुने थिएन ।
।। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामय सर्वे भद्राणी पश्यन्तु मा कश्चित दुःख भाग्भवेत ।।
साभार : खबर पात्रो
प्रतिक्रिया