किसानमैत्री नीति नहुँदा उत्पादन र बजारीकरणमा समस्या : नगर सभापति पाण्डे

वालिङ ।
वालिङ १३ झोलुङ्गे सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको धानखेती तालिमको उद्घाटन गर्दै नेपाली काँग्रेसका वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले किसानमैत्री नीति नहुँदा कृषिलाई व्यवसायीककरण गर्न नसकिएको बताएका छन् । किसानमुखी नीतिका कारण किसानले गरेको उत्पादनलाई बजारीकरणमा रुपान्तरण गर्न कठिनाई हुने गरेको सभापति पाण्डेले बताएका हुन् । वालिङ १३ मुटुभञ्याङ आधारभुत विद्यालयमा शुरु भएको किसानलाई दुईदिने धानखेति उत्पादन सम्बन्धी तालिममा सबै नागरिकको कृषि उपजबाट भकारी भर्ने नीतिको अवलम्बन गर्नुपर्ने बताए ।

वालिङ १३ वडा कार्यालयको सहयोगमा झोलुङ्गे सामुदायिक सिकाई केन्द्रको आयोजनामा धानखेती उत्पादन सम्वन्धी तालिम शुक्रवारबाट शुरु भएको छ । “अन्न उत्पादन बढाऔं, देशलाई आत्मनिर्भर बनाऔं”, भन्ने नाराका शुरु भएको कार्यक्रममा नगर सभापति पाण्डेले परम्परागत खेतीबाट माथी उठेर आधुनिक खेतीलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए । साथ झोलुङंगे सामुदायिक सिकाई केन्द्रको आयोजना तथा वालिङ नगरपालिका वडा नं. १३ को सहयोगमा दुईदिने तालिम शुक्रबार शुरु भएको हो ।

नगरसभापति नेत्रप्रसाद पाण्डेले किसानलाई तालिम सगै उनीहरुको उत्पादनको ग्यारेन्टी गर्न सकिने हो भने कृषिक्षेत्रमा युवाहरुको आकर्षण बढ्ने र बिदेशिनेक्रम घट्ने जिकिर गरे । कृषिलाई नारामा भन्दा उत्पादनमा जोड दिन तीनैतहका सरकारहरुले नीति राम्रो ल्याउनुपर्ने बताए । मुलुकमा कृषि क्षेत्र विकासको मेरुदण्ड भएकाले कृषिको विकास बिना सिंगो मुलुकको विकास हुन नसक्ने नगर सभापति पाण्डेको भनाई थियो ।

कार्यक्रममा शिक्षा शाखाप्रमुख ख्यामनारायण काफ्ले, वालिङ नगरपालिका कृषि शाखाका जेटिए केशबहादुर थापा, रेडियो आँधीखोला एफएमका अध्यक्ष शान्ता थापालगायतले कृषिमा आत्मनिर्भर बनाउन यो तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरे । तालिममा धानखेति गर्ने तरिका, बीउ छनौट, व्याड राख्ने तरिका, धानमा लाग्ने रोग तथा निदानलगायतका विषयमा जेटिए केशबहादुर थापाले सहजीकरण गरेका छन् । कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष देविलाल गैह्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत भगवती भण्डारी र इन्द्रप्रसाद पाठकले सञ्चालन गरेका थिए । तालिममा ५० जना कृषकहरुको सहभागिता रहेको छ ।

 

 

प्रतिक्रिया