हरिनास गाउँपालिकामा बैठक भत्तामा अनियमिता

वालिङ ।
स्याङ्जाको हरिनास गाउँपालिकाले आर्थिक कार्यविधि विपरीत गाउँपालिका अध्यक्ष लगायत पदाधिकारीहरुले बैठक भत्ता बुझ्ने गरेको खुलासा भएको छ । गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर सहित १२ जना पदाधिकारीले बैठकमा अनुपस्थिती भएपनि भत्ता बुझ्ने गरेको खुलासा भएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को एक बैठकमा हाजिरी नै नगरी भत्ता बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा हरिनास गाउँपालिकाका अध्यक्ष मानन्धर सहित १२ जना पदाधिकारीले हाजिर बेगर नै बैठक भत्ता बुझेकाले असुल गर्न निर्देशन समेत दिएको छ । गण्डकी प्रदेशको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७९ को नियम ३६ मा जिम्मेवार व्यक्तिले सरकारी रकमको खर्च लेख्दा विलभपाई र कागतजात संलग्न भएपश्चात मात्रै भुक्तानी दिनुपर्ने व्यवस्था भएपनि गाउँपालिकाले बैठकमा सहभागी नभएका पदाधिकारीलाई बैठक भत्ता उपलब्ध गराएको भनी औल्याएको छ ।
एकदिनको करकट्टी गरी ८ सय ५० का दरले १२ जना पदाधिकारीले बुझेको बैठक भत्ता असुल गर्न समेत निर्देशन दिएको छ । जसमा १५ हजार ३ सय रकम असुल गर्नुपर्ने भनी महालेखापरीक्षकको कार्यालयले औल्याएको छ । २ लाख ९९ हजार बैठक भत्ता बापत खर्च देखाएको गाउँपालिकालाई १२ जना पदाधिकारी बैठकमै अनुपस्थित भएका थिए । बैठकमै अनुपस्थित भएका अध्यक्ष मानन्धर, इन्द्रकुमारी थापा, इन्द्र बहादुर गुरुङ्, सन्तबहादुर थापा, दिलबहादुर राना, बुद्धीमाया विक, इन्द्रकुमारी थापा, उजेली नेपाली, धनमाया राना, अमृत भुजेल, डोलबहादुर नेपाली र परशुराम सिग्देल रहेका छन् । उनीहरुबाट ८ सय ५० का दरले १५ हजार ३ सय रकम असुल्न महालेखाले निर्देशन दिएको उल्लेख गरेको छ ।
प्रतिक्रिया