मेयरलाई बालवालिकाको प्रश्न:— ‘विद्यालयभित्र बालमैत्री वातावरण कहिले बन्ला ?’

क्रान्ति अर्याल,
गल्याङ ।
मेयर साव विद्यालयभित्र बालमैत्री बातावरण कहिले बन्छ ? विद्यालयमा शुद्ध खानेपानी पिउन कहिले पाइन्छ ? गुणस्तरीय शिक्षाको सुनिश्चिताको लागि नगरपालिकाले के गर्दै छ ? लगायतका दर्जनौ प्रश्न बालवालिका नगर प्रमुखसगँ सोधे । स्याङ्जाको गल्याङ नगरपालिकाका स्थित भानुभक्त आचार्य माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ‘नगर प्रमुख सगँ बालवालिका’ भन्ने कार्यक्रममा एकदर्जन बालवालिकाले मेयरसगँ प्रश्न गरेर उत्तर मागे । ‘आजका बालवालिका भोलीका कर्णधार हुन्’ भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख गुरुप्रसाद भट्टराईले बालवालिकाले सोधेको प्रश्नले आफुलाई गम्भीर बनाएको बताए ।
विद्यार्थीहरूको जिज्ञासामा गल्याङ नगरपालिकाका नगरप्रमुख भट्टराईले नगरभित्रका प्रत्येका विद्यालयलाई बालमैत्री वातावरण सिर्जना हुनेगरी नगरपालिकाले काम गरिएको बताए । विद्यार्थीका लागि खेलमैदान, शुद्ध खानेपानी, गुणस्तरीय शिक्षा, गरिव तथा जेहन्दार विद्यार्थीलाई छात्राबृत्ति लगायतका बिषयमा कार्य योजना बनाएर नगरपालिकाले काम थालनी गरेको सुनाए । नगरपालिका आउदो आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटेका बेला बालवालिकाका यि प्रश्नले नगरपालिकालाई गम्भीर बनाएको बताए ।

गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षक तालिम, स्मार्ट कक्षा सञ्चालन, प्रविधिमैत्री शिक्षण र नियमित अनुगमनलाई नगरपालिकाले अघि बढाइरहेको जानकारी भट्टराईले दिए । बालबालिकाले नगरप्रमुख बन्ने क्रममा भोगेका संघर्षबारे समेत जिज्ञासा राखेका थिए । नगर प्रमुख भट्टराईले आफ्ना कठिन बाल्यकालका अनुभव सुनाउदै साना–ठूला संघर्ष पार गर्दै, मेहनत र धैर्यले मात्रै यहाँसम्म आइपुगेको विद्यार्थीहरुलाई सुनाए । बालबालिकालाई पनि आफूमाथि विश्वास राखेर निरन्तर अघि बढ्न प्रेरणात्मक सन्देश दिदै भट्टराईले बालवालिकाले सोधेको प्रश्नले आफुलाई जिम्मेवारी बनाएको बताए ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गल्याङ नगरपालिकाका प्रवक्ता कृष्ण प्रसाद भट्टराईले बालबालिकाको सक्रियता र जिज्ञासाको प्रशंसा गर्दै बालवालिकाले उठाएका प्रश्नहरू गल्याङ नगरपालिकाका लागि मार्गदर्शक बनेको बताए । बालबालिकाको आवाजलाई योजनामा समेटेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै गल्याङ ३ का वडाअध्यक्ष समेत रहेका भट्टराईले विद्यालयको खेलमैदान सुधारका लागि नगरप्रमुख समक्ष माग राखेका थिए । प्रधानाध्यापक निम प्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै विद्यालय र पालिकाबीचको सहकार्य, बालबालिकाको आवश्यकता र आगामी योजना बारे बताएका थिए । बालबालिकाका सवालहरूलाई प्राथमिकतामा राखेर विद्यालय व्यवस्थापन र नगरपालिकाले मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

वि.व्य.स. अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ चापागाईंले गरेका थिए । बालबालिकाको जिज्ञासा र सहभागिताको प्रशंसा गर्दै यस्ता कार्यक्रमले बालबालिकालाई आफ्ना अधिकार र कर्तव्यप्रति सचेत बनाउने विश्वास विद्यालयले लिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, नगर शिक्षा समिति, शिक्षक, अभिभावक प्रतिनिधि र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया