लोकतान्त्रिक गठबन्धन आजको आवश्यकता ः सभापति थापा
आरती कुँवर,
स्याङ्जा ।
नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा स्याङ्जा क्षेत्र नंं १ को प्रतिनिधि सभा उम्मेदवार राजु थापाले लोकतान्त्रिक गठबन्धन आजको आवश्यकता रहेको भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुको बिकल्प नरहेको बताएका छन् । बुधबार आँधीखोला गाउँपालिकामा आसन्न महानिर्वाचनको चुनाबी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । वडा नं ५ को जुग्ले बजारमा अवस्थित सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक गठबन्धन बिजयी नभए देशको संविधान नै समाप्त हुने संकेत दिदै सबै एकमतका साथ लाग्न आग्रह गरे ।
लोकतान्त्रिक गठबन्धन मुलुकका लागि आवश्यकता हो सभापति थापाले भने, ‘गठबन्धनका उम्मेदवार विजयी नभए देशको संबिधान नै समाप्त गर्ने खेल हुनेछ ।’ त्यसैले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु तपाई हाम्रो काधमा आएको छ उनले भने । जनताका आधारभुत आवश्यकताहरु शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आमुल परिवर्तन गर्नको लागि गठबन्धनको जन्म भएको र यी आवश्यकता पुरा गर्ने अठोटका साथ जनतामाझ आएको उनको भनाई छ ।
हाम्रो देशका जनशक्तिहरु विदेश पलायन हुने क्रम पछिल्लो समय बढेको र यसको न्युनिकरणका लागि युवाहरुलाई स्वरोजगार बनाउनको लागी नेपालमै रोजगारीको व्यवस्था गर्ने थापाले बताए । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका नेता शैलेन्द्र घिमिरे र नेपाली काँग्रेसका क्षेत्र नं १ (ख) का उम्मेदवार बुद्धि बहादुर राना (कुमार) लगायतले समग्र विकासका लागि गठबन्धनलाई जिताउनु पर्ने धारणा व्यक्त गरे । साथै भिरकोट नगरपालिका मा पनि सम्पर्क कार्यालयको उद्घाटनसंगै चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्र रुपमा अगाडि बढाएको नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गरुङले जानकारी दिए ।


प्रतिक्रिया