शुभलक्ष्मी बचत तथा ऋण सहकारीको १३औं साधारण सभा सम्पन्न

भीरकोट ।

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर १ मा रहेको सहकारीको शनिवार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष भक्तबहादुर केसीले संस्थालाई आधुनिक र प्रविधिमैत्री ढङ्गबाट शेयर सदस्यको हितमा रहेर काम गर्ने गरेको बताए । संस्थामा २ करोड ३ सय रुपैंयाको शेयर रहेको छ । संस्थामा १ हजार ३ सय ९३ जना महिला सदस्य, ६ सय ६३ जना पुरुष सदस्य र १२ संस्थागत सदस्य गरी जम्मा २ हजार ६८ सदस्य रहेका छन् । संस्थाले आव २०८१÷०८२ मा ३६ लाख ८१ हजार, ८ सय १७ रूपैयाँ मुनाफा गरेको छ ।

कार्यक्रममा असल ऋणी र शेयर सदस्यका छोराछोरीले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका सल्लहकार छायाराम खनालले संस्थाले सदस्यको हितमा रहेर सधै काम गर्नुपर्ने बताए । जिल्ला सहकारी संघका सचिव मिनप्रसाद कोइरालाले मुलुकमा रहेका ३२ हजार सहकारी तथा वित्तीय संस्था मध्ये केही संस्थाले बदमासी गर्दा सबै संस्था बदनाम हुनु परेको बताउँदै शेयर सदस्यले आफ्नो संस्थामा चाँसो देखाउनु पर्ने बताए । उद्घाटन सत्रमा उपाध्यक्ष तारक बहादर केसीको स्वागत मन्तव्य र प्रवन्धक लेखबहादुर केसी (किरण)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया