गल्याङको नीति तथा कार्यक्रम—‘शैक्षिक अनुसन्धान केन्द्र स्थापना’

स्याङ्जा ।
गल्याङ नगरपालिकाले नगरपालिकालाई शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने लक्ष्य लिएको छ । नगरपालिकाको ११ औं नगरसभामा आर्थिक वर्ष २०७९÷०८० को नीति तथा बजेट प्रस्तुतीकरण कार्यक्रममा नगर प्रमुख गुरुप्रसाद भट्टराईले गल्याङ नगरपालिका भित्र सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी संख्याको २० प्रतिशत र क्याम्पसमा अध्धयनरत विद्यार्थी संख्याको १० प्रतिशत गरिव विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने, खोज अनुसन्धान तथा नवप्रवर्तनलाई प्रवद्र्वन गर्न अन्तरपालिकाको सहकार्य र समन्वयमा एक शैक्षिक अनुसन्धान केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम ल्याएका हुन् । गल्याङलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने प्रमुख लक्ष्य नगरपालिकाको रहेको भट्टराईले बताएका छन् ।
नगर भित्र खरका छाना हटाउने भएको छ । समृद्ध नगर बनाउने उदेशयले नगरपालिकाले नगर भित्र रहेका खरका छाना बिस्थापित गर्ने नीति लिइएको हो । खरको छानामुक्त नगर बनाउने अभियान अगाडी सारेका नगर प्रमुख भट्टराईले अब खरको छानामुनी बसेका नागरिक नगरपालिका भित्र रहनेछैनन् उनले उल्लेख गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सबै नगरवासीलाई आयआर्जनमा जोड्न जमिन बाँजो राख्न नपाईने अभियानलाई प्रथामिकतामा राखेर नगर प्रमुख भट्टराइले नीति तथा कार्यक्रम ल्याएका छन् । वैज्ञानिक भुमी व्यवस्थापन गरी भुमीको बर्गिकरण गर्दै कृषि क्षेत्रको बिशेष संरक्षण गरिने भट्टराईले बताए । बाँजो जमिनको सदुपयोग नगर्ने जमिनलाई नगरपालिकाले लिएर युवा स्वरोजगार लक्षित गर्दै कृषिलाई उत्पादनमा जोड्ने लक्ष्य नगरपालिकाले लिएको नीति तथा कार्यक्रममा उनले ल्याएका छन् । नगर प्रमुख भट्टराईले कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटन र युवाहरुका लागि खेलकुद लगायत बिषयमा बिशेष जोड दिएर समृद्ध नगर बनाउने अभियानलाई जोडेको बताएका छन् ।
गल्याङ बजारमा देखिएको सार्वजनिक शौचालयको समस्या, फोहोर व्यवस्थापनमा देखिएको चुनौतीका बिषयमा प्रथामिकता दिइएको छ । एक घर एक धार अभियानलाई निरन्तरता दिदै ३ बर्षभित्र नगरपालिका भित्र सबै घरमा खानेपानी सगै स्वच्छ खानेपानीको व्यवस्था मिलाईने नगर प्रमुख भट्टराईले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गल्याङ नगर अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालको लागि आवश्यक मापदण्ड पुरागर्न ओएण्डएम गरि स्तरोन्नती गर्दै केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त सुविधा बढोत्ततरीमा जोड दिईने, जेष्ठ नागरिक, अपाङ्ग भएका व्यक्ति, दीर्घ रोगी, अशक्त, असहाय व्यक्तिहरुको समय समयमा घरदैलोमै पुगी सुगर, युरिक एसिड, मोतिया बिन्दू लगायतका रोगहरुको घुम्ती टोली पठाई स्वास्थ्य परीक्षण गर्ने, कृषि पेशालाई बैज्ञानिक ढङ्गबाट व्यवस्थापन गरि कृषिको व्यवसायीकरण, विविधिकरण यान्त्रिकरण तथा बजारीकरणमा जोड दिई गल्याङ नगरपालिकालाई आत्मनिर्भर बनाउने नीति लिईने नगर प्रमुख भट्टराईले उल्लेख गरेका छन् ।
कृषक समूह पहिचान तथा वर्गिकरण तथा सूचिकरण गरि कृषि क्षेत्रको दिगो विकासका लागि बाह्रैमासे सिचाई सुविधा पु¥याउन र वास्तविक किसानलाई आवश्यक उन्नत विउविजन मलखाद र यान्त्रीकरणको व्यवस्था गरिने, कृषि यान्त्रीकरण मार्फत उत्पादन लागत तथा श्रम न्यूनिकरण गरिने,वडा नं.५ र ७ मा सुन्तलाको भण्डारणका लागि कोल्ड स्टोर स्थापना गर्ने ,कृषकलाई दिदै आएको अनुदान निरन्तरता दिदै ,बजारभाउ अनुसारको मुूल्यको सुनिष्चितता प्रदान गर्दै अनुदानलाई समय सापेक्ष बृद्वि गरिने ,पशुका उन्नत नश्ल सुधार कार्यक्रम सञ्चालन गरिने, पूर्वाधार विकास सम्बन्धी नीति सडक गुरुयोजना तथा मापदण्ड बनाई लागु गर्ने कार्यक्रम अगाडी सारिएको छ ।
सामाजिक सुरक्षा भत्तालाई वडातहबाटै वितरण गर्ने प्रवन्ध मिलाउने नगरभित्र रहेका वित्तिय संस्था र सहकारीलाई लागतको ५ प्रतिशत व्याजदरमा विपन्न कृषि कर्जामा लगानी गर्ने वातावरण मिलाउने र सामाजिक उत्तरदायीत्वमा जिम्मेवार बनाउने, धार्मिक स्थलहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने, लैगिकहिंसा मुक्त नगर बनाउन पहल गर्ने, महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरी आयआर्जनमा समेट्ने जस्ता नीति अगाडी सारिएको छ । नगरभित्र रहेका सबै शवदाह गर्ने घाटहरुको व्यवस्थापन गर्ने, युवाहरुलाई लक्षित गरी एक वडा एक खेलमैदानको अवधारणलाई संघ र प्रदेश सरकार सगँ समन्वय गर्ने, मालुङ्गा र जिमुहा बेलचौतारमा क्रिकेट खेलमैदानको निर्माण कार्य प्रक्रिया अगाडी बढाईने नीति नगर प्रमुख भट्टराईले अगाडी सारेका छन् । नगर प्रमुख भट्टराईले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख हेमा न्यौपानेले ८२ करोड ५६ लाख ४२ हजार बरावरको बजेट प्रस्तुत गरेकी छन् । बजेटका बिषयमा भने दफाबार छलफल पछि मात्रै सभाबाट पास हुने बतायउको छ । नीति तथा कार्यक्रमलाई समेट्ने गरी उपप्रमुख न्यौपानेले बजेट पेश गरेकी छन् । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, सडक र नागरिकका आधारभुत आवश्यकतालाई मध्यनजर गरेर बजेट ल्याइएको उपप्रमुख न्यौपानेले जानकारी दिइन् ।
प्रतिक्रिया