वालिङका महिला शिक्षकद्धारा शुभकामना आदानप्रदान

भवानी अधिकारी,
स्याङ्जा ।

वालिङ् नगरपालिकाभित्रका महिला शिक्षकहरुले तीजको शुभकामना आदानप्रदान सहित सामुहिक दर खाएका छन् । वालिङ्को पतन्जली स्थित सभाहलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश शिक्षा संस्कृति तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठले शिक्षकका हक, हित र अधिकारको संरक्षणमा आफु प्रतिबद्ध रहेको बताए । ‘हाम्रा कला, संस्कृति र परम्परालाई जोगाउने, संचालन गर्ने र पुस्तान्तरणको जिम्मा पाएका महिला शिक्षकले सबै बालबालिकालाई आफना छोराछोरी सरह ब्यवहार गरी शिक्षा र संस्कार सिकाउनुहोस, आवश्यक सहयोग म गर्नेछु,।’ उनले भने ।

यसैगरी, वालिङ् नगर उपप्रमुख कबिता तिवारीले महिला शिक्षकले घर, समाज र नगरमा पुरयाएको योगदानको चर्चा गर्दै संस्कार र शिक्षित बिद्यार्थी उत्पादनमा ध्यान दिन सुझाव दिइन् ।

कार्यक्रममा शिक्षकहरुले तीजको मौलिक भाकामा आफना पेशा र दायित्वप्रति इंकित गर्दै नाँचेर, मादल बजाएर गाएर मनोरन्जन गरेका थिए । कार्यक्रममा प्रदेश मन्त्री मेखलाल श्रेष्ठ र नगर उपप्रमुख कबिता तिवारीले पनि नाच्ने र गाउने गरी शिक्षिकाहरुलाई हौसला प्रदान गरेका थिए ।

सो कार्यक्रममा वालिङ् नगरभित्रका १ सय २० जना महिला शिक्षकहरु सहभागी रहेको शिक्षक सीता गैह्रेले जानकारी दिइन् । समाज र संस्कृतिलाई मौलिकपनमा जोगाइराख्नका निम्ति तीजका गीत मार्फत सन्देश दिइएको पनि उनले बताइन् । सांस्कृतिक कार्यक्रमको सहजीकरण शिक्षक भोजकुमारी पाण्डेले गरेकी थिइन् भने बिद्यालयगत रुपमा आ आफना प्रस्तुती समेत गरिएका थिए । पहिलोपटक आयोजना गरिएको यो कार्यक्रमले वालिङ भित्र रहेका एउटै पेशकर्मी शिक्षिकहरु बिच गहिरो सम्वन्ध बढाएको शिक्षिका सीता अर्याल सिग्देलले बताईन् । यस्ता कार्यक्रमको निरन्तरता र पेशाकर्मीबिचको साथीत्व कायम रहने उनले बताइन् ।

प्रतिक्रिया