खेलकुदको संरक्षणमा सरकार उदासिन ः समन्वय प्रमुख जिटी

स्याङ्जा ।
वालिङ ७ फिर्से युथ क्लवको २२ औं बार्षिकोत्सवको अवसरमा आयोजित साविक वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । भदौ १८ गतेदेखि शुरु भएको भलिबल प्रतियोगिताको समापन जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

खेलकुद समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति जिटीले खेल क्षेत्रको संरक्षणमा सरकारले जोड दिनुपर्ने बताए । ग्रामीण क्षेत्र नै खेलकुद बचाउने अभियानमा जुटेको भन्दै हरेक वाडमा राम्रो खेलमैदान बनाउन तिनै तहका सरकारसग उनले आग्रह गरे । राष्ट्र चिनाउन महत्वपुर्ण भुमिका खेल्ने खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने जिटिले जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय सदस्य निमबहादुर राना, सरस्वती वगाले, वडा अध्यक्ष पाण्डुकुमार थापा, नेपाली काग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डे लगायतले क्लवले बार्षिकोत्सवको अबसरमा खेलकुल आयोजना गरेर खेलक्षेत्रको संरक्षणमा भुमिका खेलेको बताएका थिए ।
फाईनल खेलमा लामडाडा युवा क्लव पहिलो, फिर्से युथ क्लव दोस्रो, दामाचौर युवा क्लव तेस्रो र सान्तवना तल्लो ताप्के युवा क्लव भएका छन् । उनीहरुले क्रमस ५० हजार नगद सहित प्रमाणपत्र मेडल, ३० हजार नगद सहित प्रमाणपत्र, २० हजार सहित प्रमाणपत्र मेडल र सान्त्वना १० हजार प्रमाणपत्र सहित मेडल प्राप्त गरेका थिए । क्लवका अध्यक्ष बलबहादुर सिंजालीको सभापतित्व, स्वागत श्याम सिंजाली र संचालन ज्ञानबहादुर सिंजालीले गरेका थिए । खेलकुदमा १७ टिमको सहभागिता रहेको थियो ।

माओवादी प्रदेश सल्लाहकारले दिए राजीनामा
स्याङ्जा ।
नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सल्लाहकार तथा पार्टीका प्रभावशाली नेताले पाटीबाट राजीनामा दिएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ स्थायी बासिन्दा नित्यानन्द तिवारीले पार्टी नेतृत्वको अदुरर्शीको कारण देखाउदै पाटीबाट राजीनामा दिएको जनाएका छन् । गण्डकी प्रदेश संयोजकलाई सम्बोधन गर्दै तिवारीले गत बैशाखमा भएको स्थानीयतहको निर्वाचनमा गठबन्धनको अस्थित्व जोगाउन नसकेको र मौन अवधीशुरु भएपछि आफ्नो असहमतिका विच काँग्रेसका उम्मेदवारलाई समर्थन गरेको आरोप राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
मेरो असहमतिका बावजुद अन्तिम समयमा पत्रकार सम्मेलन गरियो उनले राजीनामा पत्रमा लेखेका छन्,‘मेरो अनुपस्थितीमा उम्मेदवार रोक्ने र धेरै वडाहरुमा सदस्य समेत नरहने गरी गरेको निर्णयले पार्टीलाई क्षती पुगेको छ ।’ स्थानीय पार्टीका निष्ठावान नेता तथा कार्यकर्तालेले देखाएको समर्थनलाई जिल्ला संयोजकले ठाडो हस्तक्षेप गरकोे उनले राजीनामा पत्रमा भनेका छन् । जिल्लामा रहेका पार्टी नेतृत्वका कारण सामाजिक अस्थित्वमा समेत प्रश्न चिन्ह्र खडा भएकाले पार्टीबाट राजीनामा दिई स्वतन्त्र बस्ने निर्णय समेत गरेको उनले बताएका छन् ।
पार्टीमा काम गर्ने उपयुक्त वातावरण नभएको भन्दै जिल्ला अध्यक्ष र संयोजकलाई उनले आरोप लगाउदै पार्टीबाट राजीनामा दिएको उल्लेख गरेका छन् । नेकपा माओवादीमा रहेर उनले नगर इन्चार्ज हुदै जिल्ला सम्मको पार्टीमा काम गर्दै आएका थिए । वालिङ नगर समितिको अध्यक्ष भएर काम गरेका तिवारी सामाजिक व्याक्तित्वका रुपमा समेत परिचय बनाएका थिए । तिवारीले गण्डकी प्रदेशमा राजीनामा दिदै बोधार्थमा केन्द्रीय पार्टी कार्यालय, जिल्ला र नगरलाई समेत गरेका छन् । उनको राजीनामाले माओवादी स्याङ्जालाई ठुलो क्षती पुग्ने आकलन गरिएको छ । तिवारीको राजीनामाको बिषयमा अहिले सम्म माओवादी स्याङ्जाले कुनै धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया