एपिएफ र पुलिस क्लव फाईनमा भिड्दै

नारायण विश्वकर्मा,
स्याङ्जा ।
स्याङ्जाको वालिङमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितामा विभागीय टिम फाईनमा भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा एपिएफ क्लव र पुलिस क्लव फाईनमा पुगेका छन् । सेमिफाईनलमा एपिएफ क्लव, पुलिस क्लव, प्रदेश नम्वर १ र त्रिभुवन आर्मी क्लव पुगेका थिए । मंगलबार भएको दुई खेलमा एपिएफले आर्मी क्लवलाई हराएको छ भने पुलिस क्लवले प्रदेश नम्वर १ लाई हराएको छ ।

मंगलबार भएको सेमिफाईनलको पहिलो खेलमा नेपाल पुलिस क्लवले प्रदेश नम्बर १ लाई ३–० को गोल अन्तरले पराजित गर्र्दै फाईनलमा पुगेको छ । खेलको १३ आँै मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई फाईनल खेलमा पु¥याउन सहजता दिलाएकी हुन् । लगत्तै खेलको १९ औँ मिनेटमा निर्मला वि.क ले दोस्रो गोल गरिन् भने ८० औँ मिनेटमा निर्मला उपाध्यले तेस्रोे गोल गरेर ३ गोल अन्तरले जित हात पारेका थिए ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हापमा गोल गर्न दुबै टिमले सकेनन् । खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा एपिएफकी खेलाडी सावित्रा भण्डारीले एक गोल गर्न सफल भएकी थिईन् । सो १ गोलले एपिएफको टिमलाई फाइनलमा पु¥याउन सफलता मिलेको थियो । एपिएफ र आर्मी क्लवको खेल अत्यन्तै रोचक देखिएको थियो । फाईनल खेल भने विहीबार हुने आयोजकले जानकारी गराएको छ । राष्ट्रिय खेलकुदको महिला फुटबल प्रतियोगिता कात्र्तिक ३ गते बिहीबार सम्पन्न हुने छ ।

 

प्रतिक्रिया