एक प्रजातान्त्रिक योद्धाको उदय, अर्याल प्रदेश सांसदमा निर्वाचित

वालिङ ।
नेपाली काँग्रेस उम्मेदवार भोजराज अर्याल गण्डकी प्रदेश सांसदमा बिजयी भएका छन् । अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गर्दै प्रदेश सांसदमा बिजयी भएका हुन् । अर्यालले १५ हजार एक सय ६१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीले १२ हजार चार सय ३१ मत प्राप्त गरेका थिए । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार चार सय ३१ मत प्राप्त गरेका छन् ।

स्याङ्जा–२ (क) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् । विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । स्याङ्जा क्षेत्र नं २ मा काँग्रेसका धनराज गुरुङको अग्रता कायमै छ ।
प्रदेश (ख) को मतगणना कालीगण्डकी गाँउपालिका १ बाट शुरु गरिएको छ । प्रदेशमा नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले अग्रता लिएका छन् ।
प्रदेश (क) मा एक स्वतन्त्र सहित ७ जना उम्मेदवार प्रतिस्पधी थिए । राष्ट्रिय जनमोर्चाका हुमबहादुर वि.क. ले १०१, मंगोल नेशनल अर्गानाईजेसनका राजु गुरुङ्ले ८६९, नेकपा (एस) का रामचन्द्र भट्टराईले १७२, राष्ट्रिय प्रजातन्त्र पाटीका सागर गैह्रेले १४५७ र स्वतन्त्र उम्मेदवार हुमबहादुर गुरुङ्ले २९० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया