सरकारी शैक्षिकसंस्था राजनीति गर्ने थलो बन्यो ः रेग्मी

स्याङ्जा ।
नेपाल सरकारका पुर्व मन्त्रीपरिषदका अध्यक्ष तथा प्रधानन्यायधिस खिलराज रेग्मीले सरकारी शैक्षिक संस्था राजनीति गर्ने थलो बनेको आरोप लगाएका छन् । स्याङ्जाको वालिङ स्थित नीजिस्तरबाट संचालित नेपाल आदर्श क्याम्पस र नेपाल आदर्श माध्यमिक विद्यालयको स्थापनाको २५ औं रजतजयन्ती समारोहको उद्घाटन गर्दै पुर्व मन्त्रीपरिषदका अध्यक्ष रेग्मीले शैक्षिक सुधारमा आमुल परिवर्तन नगर्दा राजनीतिक गर्ने थलो बनेको आरोप लगाएका हुन् ।
सरकारले निशुल्क शिक्षा लागुगर्ने नीति अगाडी सारेपनि सरकारी शैक्षिक संस्थामा भन्दा नीजि स्तरबाट संचालित शैक्षिक संस्थामा विद्यार्थीको आर्कषण बढेको रेग्मीले बताए । दक्ष नागरिक उत्पादन गर्ने सरकारी स्कुल कलेजमा शिक्षक र विद्यार्थी नै राजनीति गर्ने तर्फ अग्रसरता हुने गरेकाले शिक्षा नीतिमा आमुल परिवर्तन गर्नुपर्ने औल्याएका थिए ।
सम्मुन्नत नागरिक बनाउन शिक्षामा सुधार हुनुपर्ने बताउदै रेग्मीले सम्मुन्नत देश बनाउन पहिला समुन्नत नागरिक बनाउनु पर्ने बताए । नागरिकलाई नागरिक बनाउने शिक्षाको खाँचो रहेको बताउदै पुर्व मन्त्री परिषदका अध्यक्ष रेग्मीले बहुआयमीक शिक्षा प्रणाली लागुगर्नुपर्ने बताए । शिक्षण सिकाई र बुझाईमा परिवर्तन नल्याएसम्म शैक्षिक उन्नयन र व्याक्तित्व विकासले भोलीको पुस्ताले परम्परावादी शिक्षा, परम्परावादी खेती र खोजिएको जागिरले झन जटिलता उत्पन्न हुने रेग्मीले बताए । नैतिक शिक्षाले विवेकशिलता बढाउने हाम्रो परम्परालाई तोड्दै पहिचान र विज्ञता हासिल गर्ने नागरिक उत्पादनमा कमजोर बन्ने गरेको रेग्मीको आरोप छ । शिक्षा नै नागरिकको सम्मुनतको पहिलो आधार हो पुर्व मन्त्रीपरिषदका अध्यक्ष रेग्मीले भने,‘शिक्षामा राजनीतिको अन्त्य नभएसम्म दक्ष नागरिक र सम्मुनत् मुलुक बन्दैन ।’ त्यसैले शिक्षा नीतिमा आमुल परिवर्तनको खाँचो देखिएको छ उनले भने ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद भोजराज अर्याल र कल्पना तिवारीले शिक्षामा विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए । दक्ष नागरिक उत्पादन गर्न विभेदपुर्ण शिक्षा खारेजी गरि नीजि र सरकारी शैक्षिक संस्थालाई प्राविधिक रुपमा जोड्न आवश्यक रहेको बताएका थिए । संघिय सरकारले धेरै कानुन नबनाउदा प्रदेश सरकार काम बिहिन बन्न पुगेको स्मरण गर्दै प्रदेश सांसद्धयले संघिय संरचनालाई बलियो बनाउन प्रदेशलाई काम दिनुपर्ने बताए । २०५४ सालमा स्थापना भएको नीजिस्तरको शैक्षिक संस्था नेपाल आदर्श माध्यमिक विद्यालय जिल्लाकै एक शैक्षिक धरोहरका रुपमा चिनिदै आएको छ ।
कार्यक्रममा शसस्त्र प्रहरीका पुर्व एआईजी सुवोध अधिकारी, जिल्ला शिक्षा ईकाई प्रमुख विश्वराज आचार्य, मन्त्रिपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीमा प्रेस संयोजक राजेन्द्र पाण्डे, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्याव्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रे, गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई, विद्यालय तथा क्याम्पसहरुको तर्फबाट वालिङ बहुमुखी क्याम्पसका निमित्त प्रमुख युवराज पाठक, विद्यालयका संरक्षक धु्रवशर्मा पंगेनी, विद्यालयका निर्देशक दिपक लम्साल, अभिभावक बिष्णुनारायण श्रेष्ठ, विद्यार्थीद्धय एलिसा पौडेल र सुब्रित्री गौतम लगायतले विद्यालयले शैक्षिक उन्नयनमा खेलेको भुमिकाका बारेमा बोलेका थिए । कार्यक्रममा उत्कृष्ठ शिक्षक तथा शिक्षिकाहरु, संचालक समिति, अभिभावकहरुलाई सम्मान गरिएको थियो । विद्यालयका अध्यक्ष शंकर डुम्रेको अध्यक्षमा सम्पन्न भएको समारोहलाई विद्यालयका प्रिन्सिपल होमकान्त गौतमले स्वागत र संचालन खगेन्द्र प्रसाद अर्यालले गरेका थिए ।
प्रतिक्रिया