तिनतहका सरकारसगँ समन्वय गरेर काम गर्छु ः प्रदेश मन्त्री तिवारी

टीकाराम अधिकारी,
गल्याङ् ।
तीनतहको सरकारसंग समन्वय गरेर विकास निर्माणको अभियानमा लाग्ने गण्डकी प्रदेश उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सरस्वती तिवारीले बताएकी छन् । निर्वाचनका बेला जनतासंग गरेका बाचाहरुलाई पुरा गर्दै समग्र स्याङ्जाको विकासलाई अगाडी बढाउने बताएकी हुन् । स्याङ्जाको गल्याङ् नगरपालिका वडा नं. ५ स्यालबास स्थित सत्यशिला माध्यमिक विद्यालयको प्रथम ऐतिहासिक अभिलेखिकरण तथा ६४औँ वार्षिकोत्सव कार्यक्रमको समापन समारोहलाई सम्बोधन मन्त्री तिवारीले जनताको माग बमोजिम काम गर्ने जिकिर गरीन् ।

गण्डकी प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री तिवारीले देशमा संघिय संरचना कार्यान्वयन भएपनि अझै पनि नागरिकको आधारभुत आवश्यकताहरु पुरा हुन नसकेको बताउदै गठबन्धन सरकारसंग बसेर स्याङ्जाका दुरदराजका गाउबस्ती र वडाबाट विकास निर्माण अभियानको थालनी गर्ने उनको भनाई छ ।
उहाले गाउँमा बस्ने नागरिकले आज पनि राम्रोसंग पानी पिउन पाउनु भएको छैनन् धेरै दुख पाईरहेको, गुणस्तरीय शिक्षा सहज रुपमा बालबालिकाले प्राप्त गर्न नसकेको अवस्थामा नागरिकका आधारभुत आवश्यकतालाई सहज पुर्ति गर्नका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको मन्त्री तिवारीले बताइन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेश भट्टराईले सामुदायिक विद्यालयमा राज्यले धेरै खर्च तथा लगानी गरेको भन्दै अपेक्षित उपलब्धी हाँसिल गर्न नसकिएको बताइन् । प्रतिविद्यार्थी राज्यले हजारौँ खर्च गरेपनि सोहि अनुसारको उपलब्ध लिन नसकिएको अवस्थामा राज्यका सम्बन्धीत निकाय तथा शिक्षक, अभिभावक र विद्यार्थी पनि यसमा गम्भीर हुनुपर्ने सांसद भट्राईको भनाई छ ।

कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, संस्थापक देवी प्रसाद बस्याल, पूर्व अध्यक्ष जय बहादुर भट्टराई लगायतले ग्रामिण क्षेत्रको विद्यालयको शैक्षिक गुणस्तर वृद्वि गरेर बसाई सराई रोक्नु पर्ने र विद्यार्थीहरुलाई समयानुकुल व्यवहारिक जीवन उपयोगी शिक्षा प्रदान गर्नु पर्ने कुरा बताए ।
कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योग्दान पु¥याउने जग्गादाता, चन्दादाता, पूर्व विद्यालय व्यवस्थापन समिति,पूर्व प्रअहरु,पूर्वशिक्षक लगायतलाई सम्मान साथै स्मारीका विर्मोचन गरिएको थियो । कार्यक्रम बैशाख २८ गते उद्घाटन गरिएको कार्यक्रम तीन दिन सम्म सञ्चालन भई ३० गते सम्पन्न भएको थियो । कार्यक्रममा हास्य कलाकार पुरुषोत्तम भण्डारी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति समेत रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ड्याम बहादुर पाडे मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य हुम बहादुर क्षेत्रीले र कार्यक्रमको सञ्चालन भूतपूर्व विद्यार्थीहरुद्वय श्याम राना मगर र कल्पना पाडे मगरले गरेकी थिइन् ।

 

प्रतिक्रिया