वालिङ नगरको पाठ्यक्रम मस्यौदामा छलफल

मणि अर्याल,
वालिङ ।
वालिङ नगरपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदामाथी छलफल गरेको छ । पलिकामा रहेका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञहरु बिच छलफल गरेको हो । यहि शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको र अघिल्लो वर्ष देखी १—५ सम्मको पाठ्यक्रम निर्माण गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए ।

पाठ्यक्रमलाइ समय सान्दर्भिक, आवश्यकतामा आधारित साथै व्यवहारिक, जीवनोपयोगी बनाउन सरोकारवालाहरुबाट राय सुझाव संकलन गरि स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उद्देश्य राखिएको छ ।

मस्यौदामाथिको छलफल कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्मार्ट सिटिका स्मार्ट नागरिकसगँ शैक्षिक गतिविधिमा ठुलो चुनौती रहेको बताए । कछुवाको गति झै शिक्षालाई अगाडी बढायौ भने ठुलो क्षती हुने नगर प्रमुख खाँणको भनाई थियो । यसमा कुनै पक्षलाइ मात्र दोष दिएर भन्दा पनि हामी सबैको दायीत्व हो भन्ने बुझेर काम गर्न शिक्षकहरुलाइृ अनुरोध गरे । अवको पाठ्यक्रममा मानविय पक्षलाइ पनि हेर्नुपर्ने बताउदै प्रमुख खाँणले वालिङलाई चिनाउने शिक्षा अगाडी सार्न सुझाव दिए । वालिङ नगरपालिका निर्वतमान नगर प्रमुख दिलिप खाँणले हिजोको अवस्था भन्दा पनि अवको भविश्य कस्तो हुने भन्ने शिक्षा अवको पाठ्यक्रममा समेट्नुपर्ने बताए । पाठ्यक्रमभित्र वालिङ भित्रकासवै पक्षहरु समेटिनुपर्नेमा उनको जोड छ ।

पाठ्क्रम निर्माण समितिमा लक्ष्मी रेग्मी, यमबहादुर कुवंर यमकान्त खनाल, भोजराज गुरुङ, तिलक पराजुली, मेघराज गैहे र हिमलाल पंगेनी रहेका छन् । मस्यौदा छलफलमा उठेका विषयहरु पनि पाठ्यक्रममा समावेश गरि प्रकाशन गर्ने निर्माण समितिले जनाएको छ । मस्यौदा छलफल कार्यक्रमको अध्यक्षता वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँणले गरेका थिए भने स्वागत प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले र संचालन शिक्षा शाखाका दुर्गा गैह्रेले गरेका थिए ।

प्रतिक्रिया