शुक्रवार गण्डकी प्रदेशमा सार्वजनिक विदा

स्याङ्जा ।
गण्डकी प्रदेश सरकारले शुक्रवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । असार २९ गते शुक्रवारका दिन भानुजयन्तीको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको सुचनाबाट जानकारी दिएको छ । गण्डकी प्रदेश सरकारको २०७९ चैत्र ८ गते प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्वन्धी सुचना बमोजिम असार २९ गते शुक्रवार भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा रहेको सुचना मार्फत जानकारी दिएको छ ।
आदीकवि भानुभक्त आचार्य तनहुँ जिल्लामा जन्मिएका थिए । नेपाली साहित्यका प्रथामिक कालका प्रतिनिधि कविका रुपमा रहेका आचार्यले वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात थिए । उनले नेपाली साहित्यलाई चिनाउने व्याक्तिका रुपमा परिचित रहदै आएका छन् । उनी १९७१ साल असार २९ गते जन्मिएकाले त्यो दिनलाई भानु जन्मजयन्तीका रुपमा नेपालमा मनाइदै आइएको छ । तनहुँ गण्डकी प्रदेशभित्र पर्ने जिल्ला भएकाले प्रदेशले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया