स्याङ्जाको अर्जुनचौपारीमा हेलिप्याड

स्याङ्जा ः
नेपाली सेना र अर्जुनचौपारी गाउँपालिकाले संयुक्तरुपमा निर्माण गरेको हेलिप्याड हस्तान्तरण गरिएको छ । अर्जुनचौपारी गाउँपालिका–१ स्थित सहेले फाँटमा निर्मित हेलिप्याड एक कार्यक्रमका बिच पालिकालाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाको आर्थिक तथा आँधीखोला ब्यारेकस्थित समरजित गुल्मको प्राविधिक तथा श्रमदानमा निर्मित सो हेलिप्याड गुल्मपति हरिप्रसाद भट्टराईले गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई शुक्रबार पालिकाको जिम्मा लगाएका छन् । बहुउपयोगी सेवा प्राप्तिका लागि निर्माण गरिएको हेलिप्याडले विपद र आपत्तीका बेला झनै सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी शशीघर घिमिरेले बताए । प्रजिअका अनुसार जोखिमका बेला उद्धारमा सहयोग पु¥याउने मुख्य उद्देश्य लिएर गरिएका सहकार्यले पालिकावासी र सुरक्षाकर्मीबीचको सम्बन्ध बढाएको बताए ।

दैनिक २० जनाले निर्माण गरेको हेलिप्याड १५ दिनमा सम्पन्न भएको हो । एमआई सिक्सटिन हेलिप्याड निर्माणसँगै पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिकासहित पर्वतका केही वडाले समेत उपयोग गर्न पाउने पालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । जनश्रमदानसहित ७ लाख ३३ हजार ४५९ रुपैयाँको लागतमा हेलिप्याड निर्माण भएको हो । पक्की ढलानसहित रंगरोगन गरिएको हेलिप्याड ६० वाई ६० फिटको रहेको बताइएको छ । जिल्लाका विभिन्न ठाउँमा निर्माण भएका मध्ये यो जिल्लाकै ठूलो हेलिप्याड हो । करिब ६०÷६० फिट लम्बाइ र चौडाइको तथा डेढ फुट ढलान हेलिप्याड कास्की बाहेकको बाहिरी जिल्लामा रहेका मध्ये सबैभन्दा ठूलो दावी गरिएको छ ।

प्रतिक्रिया