वालिङ पहिलो बन्यो ‘इएफटी’ मार्फत भत्ता वितरण गर्ने पालिका

मणि अर्याल,
वालिङ ।
पहिलो पटक विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । स्याङ्जाको वालिङ नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० को अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा ‘इएफटी’ मार्फत सिधै खातामा पठाउने व्यवस्था मिलाएको हो । यसअघि चालु आर्थिक वर्षको पहिलो, दोस्रो, तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता चेक मार्फत वितरण गरिदै आएको थियो ।

वालिङ नगरपालिकाका सुचना अधिकारी ज्ञानप्रसाद अर्यालका अनुसार सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको खातामा सिधै रकम पठाउने प्रक्रिया यो पहिलो पटक भएको बताए । विगतमा बैंकको नाममा चेक पठाउने र बैंकले लाभग्राहीको खातामा रकम जम्मा गर्ने काम हुनेगथ्र्यो सुचना अधिकारी अर्यालले भने,‘अहिले लाभग्राहीको खातामा कोलेनिकाले सिधै रकम पठाउने व्यवस्था मिलाएको छ ।’ नगरपालिकाले अब लाभग्राहीको सुची अद्यावधीक मात्रै राख्ने काम हुनेछ उनले भने । जिल्लाका ११ पालिका मध्ये वालिङले पहिलो पटक ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा पठाउने पालिका बनेको अर्यालले बताए ।

वालिङ नगरपालिकाले यो आर्थिक बर्षमा ७ हजार २८ जना लाभाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । जसमा अन्य जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने ४ हजार १ सय ७८ जना, दलित जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने ३ सय ४६ जना, जेष्ठ नागरिक एकल महिला ६ सय २, विधवा ८ सय १७, पुर्ण अपांगता १ सय ३१, अति अशक्त अपांगता २ सय ९५ र दलित बालबालिका ६ सय ५९ जना बालबालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । यसरी चालु आर्थिक वर्षको चौँथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राही ७ हजार २८ जनाले ‘इएपmटी’ प्रणाली इलेक्ट्रोनिक फण्ड ट्रान्सफर प्रणालीबाट प्राप्त गरेका छन् ।

वालिङ नगरपालिकाबाट आर्थिक बर्ष २०७९÷०८० मा २७ करोड १९ हजार ७७ रुपैँया सामाजिक सुरक्षा भत्ता लाभग्राहीले बुझेका छन् । अन्य जेष्ठ नागरिक भत्ता ४ करोड ९९ लाख २५ हजार ३७, दलित जेष्ठ नागरिकका लागी २७ लाख ४६ हजार ३ सय २२, जेष्ठ एकल महिला ४७ लाख ९८ हजार २ सय ९७, विधवा ६५ लाख १९ हजार ६ सय ६०, पुर्ण अपांगता भत्ता १५ लाख ६८ हजार ७०, अति असक्त अपांगता भत्ता १८ लाख ८३ हजार २ सय ८० र दलित बालबालिका १० लाख २६ हजार ९ रुपैँया चालु आर्थिक वर्षमा लाभग्राहीले प्राप्त गरेको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताए ।

‘इएफटी’ प्रणाली देशका ७५३ स्थानीय तहमध्ये वालिङ सहित ५० पालिकामा लागू भएको बताइएको छ । गण्डकी प्रदेशका पालिका मध्ये वालिङ सहित कास्कीको पोखरा महानगरपालिका, नवलपरासीको गैडाकोट नगरपालिका र तनहुँको व्यास नगरपालिकामा ‘इएफटी’ प्रणाली लागू भएका छन् । राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभाग र वालिङ नगरपालिकाको व्यवस्थापनमा यो प्रणाली चालु आर्थिक बर्षको अन्त्यतिर लागू गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । नगरपालिकाले सूची अद्यावधिक गरेर भुक्तानी आदेश दिएपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले नै खातामा पैसा पठाइदिने छ । जसले गर्दा सामाजिक सुरक्षा भत्ता चुहावट हुनबाट बच्ने र पार्दशिता हुने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया