पहिलो सोमबार छायाँक्षेत्रमा भक्तजनको घुइचो

स्याङ्जा ।
पछिल्लो समय साउन महिनाको सोमबार शिवालयहरुमा भक्तजनहरुको उत्साहजन घुइचो बढ्न थालेको छ । साउन महिना शिव भगवानको महिनाको रुपमा हेरिन थालेपछि शिवालय मिन्दरहरुमा भक्तजनहरुको घुइचो लाग्न थालेको हो । स्याङ्जाका विभिन्न शिवालय मन्दिर देखी नदीहरुमा पहिलो सोमबार भक्तजनहरुको उत्साहजन भिड लागेको छ । यसै विच स्याङ्जाको एतिहासिक शिवपार्वति मन्दिर छायाँक्षेत्रमा पनि भक्तजनहरुको उल्लेख्य घुइचो लागेको छ । साउन महिनाको पहिलो सोमवार भक्तजनहरुको घुइचो लाग्न थालेपछि छायाँक्षेत्र दर्शन गर्न आउने भक्तजनहरुको संख्या यो महिनाभरी उ्रल्लेख्य रहने विश्वास छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिले गरेको छ । जिल्लाकै अति पवित्र धार्मिक स्थल मानीने छायाँक्षेत्रमा विगतका बर्षहरुमा भन्दा अहिले दर्शन गर्न आउनेको भिड लागेको छायाँक्षेत्र मन्दिर सेवा समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले बताए । हिन्दु धर्मावलम्विहरुले साउन महिनाको सोमवार पबित्र तिर्थस्थलमा गई शिबजीको आरधना गर्ने परम्परा रहेको छ । श्रावण महिनामा शिवजीको ब्रत वस्दा मनोकाक्षां पुराहुने धार्मिक जनविश्वासका साथ स्याङजाको पवित्र तिर्थस्थल मध्येको छायाक्षेत्र मन्दिरमा विहानैदेखि भक्तजनको भिड लागेको थियो ।
हिन्दु र्धम अनुसार श्रीस्वस्थानी वर्त कथामा भनिए अनुसार भगवान शिवले पहिलो बिबाह गरेका सतिदेवीको स्वर्गारोहण भएपछि अर्ध पागलको रुपमा सतीदेवीको मृत शरिर लिएर हिँडदा हिँडदै गलेको शरिरको अन्तिम अंग खसेको धार्मिक बिश्वासका साथ छायाँक्षेत्र मन्दिरमा विशेष पर्वहरुमा भक्तजनको भिड लाग्ने गर्छ । यो क्षेत्रमा पुगेपछि श्रीस्वस्थानी वर्तकथाको सम्झना हुने गरेको दर्शन गर्न आउने भक्तजनहरुको भनाई छ । यस ठाँउमा शिवजीका एतिहासिक ढुँगाका मुर्तिहरु देख्न पाइन्छ भने छायाँक्षेत्र परिसरमा रहेको सुरुङ जहाँवाट नियमित जलधारा आउने गर्छ, त्यो सुरुङमार्ग नेपालको सवैभन्दा लामो सुरुङमार्ग रहेको स्थानियबासीहरु बताउछन । जसका कारण आन्तरिक तथा वाह्रय पर्यटकहरु समेत उक्त स्थानमा आउने गर्दछन । यो मन्दिर सिद्धार्थ राजमार्गको नजिकै पर्छ । स्याङ्जामा कालिगण्डकी किनारमा रहेका रामनदी धाम, केलादीघाट, सेतीवेणी, केदारनाथ मन्दिर लगायतका मन्दिरमा भक्तजनको भिड लागेको बताइएको छ ।
प्रतिक्रिया