दुईजना फरार अभियुक्त पक्राउ

वालिङ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दुईजना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । सवारी मुद्धामा झण्डै दुईबर्ष र कर्तव्य ज्यान मुद्धामा झण्डै ५ बर्ष जेलसजाय तोकिएका प्रतिवादी दुईजनालाई प्रहरीले पक्राउ गरेको जनाएको हो । सवारी मुद्धमा २०६२ सालमा १ बर्ष ११ महिना ९ दिन कैद सजाय तोकिएका बिरुवा गाउँपालिका ४ बस्ने बर्ष ४५ दुर्गबहादुर गुरुङ र कर्तव्य ज्यान मुद्धामा २०५८ मा ४ बर्ष ११ महिना १० दिन कैद सजाय तोकिएकी भीरकोट ७ का ४३ बर्षिय जमुना अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गुरुङ १८ बर्षदेखी फरार थिए भने अर्याल २२ बर्षदेखी फरार थिइन् । दुवै जनालाई जिल्ला अदालत स्याङ्जामा पेश गरी कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिए । दुवै जना घरमा लुकिछिपी राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको खनालले बताए । केहीबर्ष देखी प्रहरीले अदालतले कैद सजाय सुनाएर फरार रहेका अभियुक्तहरुको खोजी गरी धमाधम पक्राउ गर्दै आएको छ ।
प्रतिक्रिया