स्याङ्जामा कार दुर्घट्नामा ३ जना घाइते

स्याङ्जा–
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको मालुङ्गामा कार दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । गएराति ९ः३० बजेको समयमा उक्त कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट पोखरा जाँदै गरेको ग २ च २१७४ नम्बरको कार सिद्धार्थ राजमार्गबाट करिब तीन सय मिटर तल खसेको छ । दुर्घटनामा परी पोखरा महानगरपालिका ११ कास्कीका कार चालक ४३ बर्षका सुमन गुरुङ, पोखरा महानगरपालिका ३० बस्ने २८ बर्षिया उत्तम भण्डारी र पोखरा महानगरपालिका ५ बस्ने ३५ बर्षका सन्दिप थकाली घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको टाउको, कायाँ पिठ्युमा चोट लागेको बताइएको छ ।
घाईते तीनै जनालाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । दुर्घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी रबिन्द्र खनालले जानकारी दिए । कार आफै अनियन्त्रित भएर दुर्घट्ना भएको जनाइएको छ ।
प्रतिक्रिया