लागुऔषध बिरुद्ध बालबालिकाको सचेतना ¥याली

स्याङ्जा ।
स्याङ्जामा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बालदिवस मनाइएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ स्याङ्जाका बालबालिकाले विभिन्न रचनात्मक कार्यक्रम गरी बालदिवस मनाएका हुन् । राष्ट्रिय बालदिवसको अवसरमा वालिङका बालवालिकाले लागुऔषध बिरुद्धको सचेतना ¥याली सहित प्रशिक्षण गरिएको छ । लागुऔषध प्रयोग गर्नेमा बढी युवायुवतीहरु देखिन थालेपछि यसको रोकथामका लागि बालवालिकाहरुले सचेतना ¥याली निकालेका हुन् । वारियर फ्याम्ली वालिङ स्याङ्जा नामक संस्थाको आयोजनामा राष्ट्रिय बालदिवसको अवसरमा वालिङका सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीहरु मार्फत लागुऔषध बिरुद्धको सचेतना अभियान गरिएको हो । लागुऔषध बिरुद्धका प्लेकार्ड सहित बालवालिकाहरुले वालिङ बजारका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए । आशा बढाऔं, आत्महत्या रोकौ, म मरेर होइन, गरेर देखाउछु भन्ने जस्ता नारा लिएर बालबालिकाहरुले बजार परिक्रमा गरेका थिए ।
¥याली पछि वालिङ मोडमा गरिएको कोणसभामा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीले लागुऔषध सम्वन्धी नेपालको कानुनी अवस्था र यसबाट हुने प्रभावका बारेमा प्रशिक्षण दिएका थिए । विश्वमै टाउको दुखाईको रुपमा रहेको लागुऔषध सेवन र ओसारपसारले युवापिढीमा समस्या बनाउदै जानथालेको बताए । लागुऔषध ओसार पसार र सेवनमा पछिल्लो समय युवायुवतीहरु बढी देखिन थालेको तथ्याङ्क देखिएकाले यसलाई निर्मुल पार्न सबै एकजुट भएर लाग्नुपर्ने डिएसपी हवारीले बताए । आफ्ना दाई दिदीहरुलाई यस्तो कार्यमा लाग्न नहुने सुझाव दिन समेत बालबालिकाहरुलाई हवारीले सुझाए ।
लागुऔषध प्रयोगले धेरै युवाहरु दलदलमा फसेकोले अबका भाइबहिनीहरु यस्तो कुलतकाममा नलागुन भन्ने उदेश्य राखेर यो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बिजय गुरुङ्ले बताए । लागुऔषध सेवन र ओसारपसारमा वालिङका युवाहरु बढी रहेको प्रहरीले अनुमान लगाउदै आएको छ । कानुनले समेत बन्देज गरेको अपराधिक क्रियाकलाप मानिने लागुऔषधलाई पुर्णरुपले न्युनिकरण गर्न सबै लाग्नुपर्ने आयोजकले सुझाएका छन् । लागुऔषध सेवनबाट धेरै युवाहरुको ज्यान गएको र जेलजानु परेको उदाहरण दिदै आयोजकले यस्ता क्रियाकलापलाई समाजबाटै निस्तेज पार्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया