विद्यालय बन्द गरेर आन्दोलनमा उत्रन आब्ह्रान

स्याङ्जा ।
नेपाल शिक्षक महासंघले असोज ३ गतेदेखी विद्यालयहरुको पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रन सबै शिक्षक शिक्षिकाहरुलाई आब्ह्रान गरेको छ । शिक्षा मन्त्रालयले ल्याएको नयाँ शिक्षा विद्येयक संसदबाट पारित गरी लागु गर्न लागेको बिरोधमा महासंघले पठनपाठन बन्द गरी आन्दोलनमा उत्रन आब्ह्रान गरेको हो । स्याङ्जाका शिक्षकहरुको पेशागत संघसंगठनले संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले ल्याउन लागेको नयाँ शिक्षा विद्येयकमा पुर्ण असहमति जनाउदै सबै शिक्षकहरुलाई आन्दोलनमा उत्रन आब्ह्रान गरेका छन् ।

नेपाल शिक्षक महासंघ स्याङ्जाका कार्यबहाक अध्यक्ष बन्दना लम्साल, सचिव लोकबहादुर गुरुङ, नेपाल शिक्षक संघका अध्यक्ष पशुपति पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हिमलाल ढकाल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष अमृत प्रसाद खनाल, नेपाल राहत शिक्षक समितिका अध्यक्ष दिपक ज्ञावाली र नेपाल विद्यालय कर्मचारी परिषदका सचिव ध्रुव पंगेनीले संयुक्त हस्ताक्षर गरी विज्ञप्ती जारी गर्दै शिक्षकको पेशागत हकहितका लागि आन्दोलनमा होमिन आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विद्येयक २०८० प्रति पुर्ण असहमति रहेको उल्लेख गरिएको छ । सरकार सगँ पटक—पटक सहमति हुदै आएका बुँदाहरुलाई वेवास्ता गरी शिक्षकहरुले उठाएका मुद्धालाई धज्जी उडाएको भन्दै हाम्रा मागलाई पुन सम्बोधन गर्न दवावमुलक आन्दोलन गर्नुपरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा असोज ३ गते देखी सम्पुर्ण सामुदायिक विद्यालयको पठनपाठन बन्द गरी काठमाण्डौं केन्द्रित आन्दोलनमा सहभागी हुन सबै शिक्षक कर्मचारीलाई अनुरोध गरिएको छ । शिक्षकहरुको यो आन्दोलनलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक अभिभावक संघ र विद्यार्थीहरुलाई अनुरोध गर्दै विद्यालय बन्दको क्षतीपुर्ति अन्य सार्वजनिक विदाहरुबाट पठनपाठन गरेर पुरा गर्ने प्रतिवद्धता समेत विज्ञप्ती मार्फत अनुरोध गरिएको छ । सरकारले ल्याएको शिक्षा ऐनमा सबै अधिकार स्थानीय सरकारलाई दिने गरी ल्याउन लागेको छ । शिक्षाको गुणस्तर बढाउन समुदायमै जिम्मेवारी दिदा बढ्न सक्ने सुझावका आधारमा स्थानीय सरकारलाई सबै अधिकार दिन खोजिएको बताइएको छ । शिक्षकलाई संघिय सरकारकै मातहतमा राख्नुपर्ने लगायतका धेरै माग राखेर नेपाली शिक्षकहरु आन्दोलनमा उत्रेका हुन् ।

 

प्रतिक्रिया