नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

स्याङ्जा ।
जिल्लामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १३ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रामेश्वर नेपालीलाई पक्राउ गरेको हो । पुतलीबजार नगरपालिका वडा नं. १३का ५५ वर्षीय नेपालीलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
प्रतिक्रिया