मुस्लिम समाजद्धारा ईद मिलादुन नविको अवसरमा हाजिरीजवाफ प्रतियोगिता

रमेश गोदार,
स्याङ्जा ।
ईद मिलादुन नविको अवसरमा स्याङ्जा मुस्लिम समाजले गण्डकी प्रदेश मै पहिलो पटक आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा मदर्शा अहले सुन्नत वल जमातले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै प्रतियोगितामा दारुल उलुम बर्कातीया थप्रेकले द्धितीय, मदर्शा नुरुल उलुम, दुलेगौडाले तृत्तिय र अहले सुन्नत गौसीया मदर्शा, बयरघारीले सान्त्वना स्थान हात पारेका छन् । साथै सहभागी समूह मध्येबाट उत्कृष्ट सहभागीका रुपमा गहतेको मदर्शालाई पुरस्कृत गरिएको मुश्लिम समाज बाड्खोलाका सचिब इकबाल अलिले जानकारी जानकारी दिए । त्यस्तै तिलाव तर्फ मदर्शा नुरी हनफीया दमौलीका मोहम्मद आसीफ प्रथम, मोहम्मदी जामे मदर्शा जिङ्दीका अस्लम अली द्धितीय, मदर्शा नुरुल उलुम दुलेगौडाका मोहम्मद हुसैन तृत्तिय र अहले सुन्नत मदर्शा स्याङजाका मोहम्मद शेहजाद अलीले सान्त्वना स्थान हासिल गरेका छन् ।
साथै नाते शरिफ तर्फ नुरुल उलुम मदर्शा दुलेगौडाका गुल्सन खातुनले प्रथम र मदर्शा अहले सुन्नत वल जमातका ऐजाज मियाले द्धितीय स्थान हात पारेका छन् । १० कुरआन तिलावत ९२० नाते शरीफ ९३० हाजिरीजबाफ प्रतियोगिताको निर्णायकमा शेरे नेपाल फीरोज आलम, मुफ्ती साजीद बरकाती र पर्यवेक्षकमा ईमाम मोहम्मद हुसैन अत्तारी र हाजी शेर अली मिया रहेका छन् । ३ विधामा रहेको प्रतियोगिता १५ मदर्शाका बिधार्थी सहभागी भयका थिए ।
प्रतियोगिताका दुबै विधातर्फका प्रथम द्धितिय, तृत्तिय र सान्त्वना स्थान हासिल गर्नेहरुलाई क्रमशः ३० हजार, १५ हजार, र १० हजार साथै उत्कृष्टलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको पुतलीबजार नगरपालिका वडा नं। १४ का सदस्य मुवारक मियाँले जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल मुस्लिम संघ संस्थापक अध्यक्ष एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले नेपालमै दुर्लभ प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिँदै यसको निरन्तरताका लागि अनुरोध गरे । अब्दुल सत्तारले सबै धार्मिक समुदायको अस्तित्वलाई स्वीकार गरि सबैकाविचमा एकता र भाइचारको वातावरण सृजना गरि समाजमा शान्ति अमनचयनको वातावरण सृजना गर्न भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले सबै भाषाभाषी र सम्प्रदायको कला, संस्कृति र क्षमताको विकासमा नगरपालिका सँधै क्रियाशिल रहने बताए ।
भिरकोट नगर प्रबक्ता दीपेन्द्र के सी, नेपाली काँग्रसका नगर सभापति सुरज अधिकारीे, नेकपा एमाले गण्डकी प्रदेश सदस्य नासरखाँ, नेपाली काँग्रेस जिल्ला सदस्य मोहम्मद हुसैन, नेपाल मुश्लिम संघ स्याङजाका सभापती अलि मिया, नेपाल मुश्लिम संघ भिरकोटका सभापती कुदरत अलिलगायतले मन्तब्य राखेका थिए । मुश्लिम संघ, पुतलीबजारका अध्यक्ष अयुब मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हाफिज युनुसद्वारा कुरआन तिलावतबाट तथा हाजि शेरअलि मियाले स्वागत मन्तव्य एंव कार्यक्रमको संचालन हाजी शाह मोहम्मद मियाँले गरेका थिए ।
प्रतिक्रिया