वाडहरुको शिविर सकियो, शुक्रवार चापाकोट अस्पतालमा समापन

गोपीकृष्ण रेग्मी,
चापाकोट ।
चापाकोट नगरपालिकाले शुरु गरेको वडास्तरीय घुम्ति शिविर सम्पन्न गरेको छ । १० ओटै वडामा स्वास्थ्य शिविर देखी योजना, बैंक खाता लगायत पालिकाबाट प्रदान हुने गरी आयोजना गरिएको घुम्ति शिविर सम्पन्न भएको हो । १२ गते देखि संचालित निशुल्क स्वास्थ्य शिविर १० वटा वडाहरूमा गरेर सकिएको नगर प्रमुख देवबहादुर खाँण इश्वरले जानकारी दिए ।
शुक्रवार नगरस्तरी बृहत शिविर चापाकोट अस्पतालमा आयोजना गरेर समापन हुने खाँणले बताए । वडास्तरीय शिविरबाट ३ हजार ९ सय ६५ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ । महिला २ हजार ४ सय ९१ र पुरूष १ हजार ४ सय ७४ जना लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताए । स्वास्थ्य शिविर संगै वडा भित्रका पालिका स्तरीय सबै योजनाहरू सम्झौता वडा बाट नै गरिएको उनले बताए ।
भोली शुक्रवार शिविरको अन्तिम दिन चापाकोट अस्पतालमा संचालन हुने जानकारी गराउदै सेवा लिनका लागि सम्बन्धित सबैमा नगरपालिकाले अनुरोध छ ।
प्रतिक्रिया