गण्डकी प्रदेशसभाका अर्थ विकास समितिका सभापति पुगे जनताको घरदैलोमा (तस्विर सहित)

वालिङ ।
निर्वाचनमा बिजयी भएपछि अधिकांश सांसदहरु जनताको दुखसुख बुझ्न कमै मात्रामा घरदैलोमा पुग्ने गर्छन् । तर गण्डकी प्रदेशका सांसद तथा अर्थ विकास समितिका सभापति भोजराज अर्याल भने जनताको घरदैलोमा पुगेर दुखसुख बुझ्ने काम गरेका छन् । शनविार सभापति आफ्नो निर्वाचन क्षेत्र गल्याङ ७ पुगेर जनताका समस्याहरु बुझ्ने काम गरेका छन् ।
उनले गल्याङ नगरपालिका ७ का पड्काङ्, कल्लेरी र सेनापुकमा पुगेर जनताका समस्या सुन्ने काम गरेको उनका स्वकिय सचिव सुदिप अर्यालले जानकारी दिए । जनताले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकताका समस्या सभापति अर्याल सगँ राखेको स्वकिय सचिव सुदिपले बताए ।
प्रतिक्रिया