जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार जेल चलान

काठमाडौं ।

 

नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य जनक बर्तौलालाई आक्रमण गरेको आरोपमा पक्राउ परेका निलम विश्वकर्मा जेल जाने भएका छन् । सोमबार जिल्ला अदालत काठमाण्डौका न्यायधिश शिशिरराज ढकालको ईजलाशमा भएको थुनछेक आदेशले पुर्पक्षका लागि जेल चलान भएको हो । मोरङको कानेपोखरी नगरपालिका–४ घर भएका ३५ वर्षीय क्रान्ति बराइली उर्फ निलम विश्वकर्मा फागुन ११ मा पक्राउ परि जिल्ला प्रहरी परिसर काठमाडौँमा थुनामा थिए ।

गत कार्तिक २२ मा बानेश्वरको आईप्लेक्स मल नजिक उसु महासंघको अध्यक्ष समेत रहेका बर्तौलामाथि आक्रमण भएको थियो । प्रहरीले यसअघि बाँकेका शेरबहादुर थारु, आशिष लामिछाने र झापाका टेकबहादुर प्रधानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानबाट मुख्य योजनाकार रहेको खुलेपछि क्रान्ति बराईलीलाई जिल्ला प्रहरी कार्यालय काठमाण्डौले पक्राऊ गरेको थियो । बर्तौलामाथि आक्रमण गरेपछि क्रान्ति बराइलीले शेरबहादुर थारुलाई ५० हजार र नेपाल–भारत सिमाना कटाएपछि टेक बहादुर प्रधानलाई दुई लाख रुपैयाँ दिएको प्रहरी अनुसन्धानको देखिएको थियो। यसै गरि यसै मुध्दामा अरू थप दुईजना मुक्ती संग्राम विष्ट र अनुराग कुवंरलाई पनि यस अघि नै जिल्ला अदालत काठमाण्डौवाट पक्राऊ पुर्जी जारि भएको छ तर ऊनिहरू भने अहिले सम्म पक्राऊ परेका छैनन् ।

प्रतिक्रिया