जापनिज ल्याङ्वेज कन्सल्टेन्सीद्वारा बालगृहमा सहयोग

वालिङ, ।
स्याङ्जाको वालिङ नगरपालिका ८ मा अवस्थित जापनिज ल्याङ्वेज कन्सल्टेन्सीले बालगृहलाई नगद तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
कन्सल्टेन्सीले स्याङ्जाको फेदीखोला गाउँपालिका १ मा रहेको अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहमा नगद ३५ हजारसहित शैक्षिक सामग्री सहयोग गरेको कन्सल्टेन्सीका म्यानेजर अतित गुरुङले बताए । बालगृहमा रहेका बालबालिकाहरुको शैक्षिक गतिविधिहरु सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कन्सल्टेन्सीले बालगृहमा पुगेर नगद तथा शैक्षिक सामग्री सहयोग गरेको म्यानेजर गुरुङले बताए ।

बालगृहमै आएर नगद तथा शैक्षिक सामग्री सहयोग गरेकोमा अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले धन्यवाद ज्ञापन गरीन् । सबै सहयोगी मनकै कारण बालगृह संचालनमा सहज भएको अध्यक्ष पराजुलीको भनाई छ । यसभन्दा अगाडी कन्सल्टेन्सीले रामनदीधाममा रहेका जेष्ठ नागरिकहरुलाई आर्थिक सहयोग गरेको थियो । दैउसीभैलो खेलेको रकम जेष्ठ नागरिकलाई सहयोग पुगोस भनेर हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया