भवानीथुम मन्दिरमा तोडफोड

भीरकोट ।
स्याङजा जिल्ला भिरकोट नगरपालिका वडा नं ५ स्थित स्वरेक मैदान नजिक रहेको राजेन्द्र भवानि (भवानिथुम) मन्दिरमा तोडफोड भएको छ । त्यहाँ रहेको दुर्गा भवानीको मुर्ति मन्दिर देखि २०० मिटर उत्तर दिशाको जंगलमा फेला परेको छ । गत शनिबार राति उक्त मुर्ति चरीको प्रयास भएको हुन सक्ने आशंका गरिएको छ । नियमित पूजाको लागि पुजारी पूर्ण प्रसाद पङ्गेनी बिहान ७:३० बजे मन्दिरमा पुग्दा मन्दिरक गेटको ताल्चा फोरिएको थाहा भएको हो । मन्दिरभित्र रहेको दुर्गा भवानी माताको मूर्ति र शंख समेत उक्त स्थानमा नभएको देखि स्थानियलाई खबर गरी स्थानिय र प्रहरीको सकृयतामा खोजतलास गर्दै जाँदा उक्त मुर्ति २ सय मिटर तल जंगलमा वेवारिसे अवस्थामा फेला परेको स्थानीयहरु बताउँछन् । यो मन्दिर परापुर्व कालदेखि स्याङजा, पाल्पा, पर्बत, कास्कि, तँनहु लगायत आसपासका क्षेत्रको आस्थाको केन्द्रको रुपमा रहँदै आएको छ । पुरानो मन्दिरको जिर्णोदार गरी उक्त मन्दिर करिब १५/२० वर्ष अगाडी निर्माण भएको थियो ।
यसै मन्दिर नजिक हालै अर्को मन्दिर बनेता पनि उक्त मन्दिर निर्माण पुरा हुन नसक्दा देविको मुर्ति पुरानै मन्दिरमा नै राखिएको थियो । उक्त मन्दिरबाट मुर्ति चोरी भएको घटना को बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस्तो खालको घटनालाई गम्भिर रुपमा हेरी सुक्ष्म अनुसन्धान गरी दोषीमाथि कानूनि कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय स्याङजा र वडा प्रहरी कार्यलय वालिङलाई स्थानीयको अनुरोध छ । अब उक्त मुर्तिको चैत २१ गते सुक्ष्म प्राणप्रतिष्ठा गरी बिराजमान गराउने निर्णय भएको वडाध्यक्ष कृष्णबहादुर थापाले बताए । हिन्दु धर्म विरुदको गतिविधि गर्नेहरुले उक्त काम गरेको हुनसक्ने निवर्तमान वडाध्यक्ष तथा नेपाली काँग्रेसका नगर सभापति यामप्रसाद अधिकारीले बताए । दोसीलाई हदैसम्मको कारवाही हुनुपर्ने अधिकारीले माग गरेका छन् । अधिकारीले राजेन्द्र भवानीको धार्मिक विश्वास कायम राख्दै पुरानो मुर्तिलाई पुन विराजमान गराईने भएकाले यस ऐतिहासिक मन्दिरको विरासत कायम राखिने बताए ।
प्रतिक्रिया