भीरकोटका दुग्ध संकलन केन्द्रलाई अनुदानमा डिफ्रिज

भीरकोट ।
भीरकोट नगरपालिकाले दुग्ध संकलन केन्द्रलाई डिफ्रिज उपलब्ध गराएको छ । गााईभैँसी पकेट कार्यक्रम अन्र्तगत कृषकहरुका लागी डिफ्रिज उपलब्ध गराईएको हो । भीरकोटका वडा नं. १, २, ५, ६ लगायतका वडामा यो कार्यक्रम लागू भएका छन् । पकान दुग्ध संकलन केन्द्र, दहथुम संकलन केन्द्र र सिमलचौर संकलन केन्द्रको लागी ८० लिटर क्षमताको डिफ्रिज उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ । ५५ हजार पर्ने उक्त डिफ्रिज पुर्ण अनुदानमा उपलब्ध गराईएको नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले भीरकोटलाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाले पकेट कार्यक्रम नै संचालन गरेर अगाडि बढेको भन्दै मेहेनती कृषकको साथमा नगरपालिका रहेको बताए । यसैबीच भीरकोटले ९ वटै वडाका आमा समूहलाई मादल बजाउन सक्षम बनाउने अभिप्रायका साथ अगाडि बढेको छ । ९ वटा वडा रहेको नगरपालिकामा २ ओटा वडामा मादल बजाउने तालिम सम्पन्न भईसकेको छ भने शनिबार वडा नं. १ मा तालिमको उद्दघाटन गरिएको छ । उद्दघाटनका क्रममा नगरप्रमुख कर्माचार्यले

लोकसंस्कृति संग जोडिएको मादल बजाउने सिपको विकास गर्नका लागी यो तालिम वडा वडामा संचालन शुरु गरिएको बताए । तालिममा आमा समुहका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया