ज्ञापन पत्रमा विद्युतमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण), एमालेका नगर अध्यक्ष विश्वनाथ अर्याल, नेकपा माओवादीका मिनप्रसाद कोईराला, रास्वपाका सुरेश उच्चै, राप्रपाका हर्कबहादुर रोका, जनमोर्चाका प्रकाश परियार, भीरकोट उवासंघका अध्यक्ष जगदिश कोइराला, लायन्स क्लबका ढाकाराम खनाल, जेसीजका सुशिल अर्यालको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै बिपिसीले मुल्यवृद्धि समायोजन नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
‘देश यसैपनि चरम आर्थिक संकट तर्फ उन्मुख भएको बेलामा जनताको ढाड सेक्नेगरि बिपिसीले मूल्यवृद्धि गर्नु कदाचित राम्रो काम होईन ।’ काँग्रेसका नगर सभापति यामप्रसाद अधिकारीले भने–‘हामीले तत्काल मूल्यवृद्धि रोक्नका लागि अपील गरेका हौँ । हाम्रो यो शान्तिपुर्ण दबाबलाई बिपिसीले तत्काल सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ ।’
पार्टीले जनताको जीवनस्तर सहज बनाउनका लागि बिपिसीलाई दबाब दिने र मुल्यवृद्धि फिर्ता गर्न बाध्य बनाउन लागिरहने नेकपा एमालेका विश्वनाथ अर्यालले बताए । बिपिसीले सहि समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले बताए ।
प्रतिक्रिया