नेकपा एमाले भीरकोटको अध्यक्षमा गुरूङ्

भीरकोट ।

नेकपा एमाले भीरकोटको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। आँधिखोला सिटीहल बयरघारीमा भएको अधिवेशनबाट हर्क गुरुङ् अध्यक्षमा निर्वाचित भएका हुन्। अधिवेशनबाट उपाध्यक्षमा गोकुल अधिकारी, सचिवमा केशरजंग अधिकारी र उपसचिवमा पर्वत खाम्चा र सम्झना थापा निर्वाचित भएका हुन्। अधिवेशबाट ५३ सदस्यीय नगर कमिटी गठन भएको छ। अध्यक्ष लगायतका सबै पदका पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएको उपसचिव पर्वत खाम्चाले जानकारी दिए। निर्वाचित पदाधिकारीहरूको कार्यकाल ३ वर्षको हुनेछ।
पार्टीमा गुरूङ एक असल, इमान्दार र बेदागी नेताका रूपमा चिनिन्छ्न्। उनी केही समय अगाडी नेपाली काँग्रेस परीत्याग गरि एमाले प्रवेश गरेका नेता हुन् । पार्टीका नेताहरूले सन्तोष केसीको पक्षमा जनमत सृजना गर्न खोजेपनि बहुमत कार्यकर्ता पङ्क्ति गुरूङको पक्षमा उभिएपछि गुरूङ् सर्वसम्मत निर्वाचित भएको पार्टी स्रोतले जानकारी दियो।

प्रतिक्रिया