प्राज्ञिक विमर्श २०८१ सम्पन्न

गल्याङ

स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श २०८१ कार्यक्रम सम्पन्न भएको छ । गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिका, स्याङ्जाको आयोजनामा शनिबार गल्याङ ३, स्थित गल्याङ नगरपालिकाको सभाहलमा प्राज्ञिक विमर्श २०८१ विविध कार्यक्रम सहित सम्पन्न भएको हो । गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना गरिएको प्राज्ञिक विमर्श २०८१ कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका प्रमुख तथा गल्याङ प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई रहेका थिए । विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका नगर उप प्रमुख हेमा न्यौपाने तिमिल्सिना, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुष्मा महरा प्रगति, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका भाषा साहित्य विभाग प्रमुख रामहरि शर्मा शराह लगायतको उपस्थिति रहेको थियो ।

आमन्त्रित व्यक्तित्वका रूपमा वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा नम्बर ११ का वडा अध्यक्ष दलबहादुर सिङ्जाली, वडा नम्बर ८ का अध्यक्ष झिमबहादुर थापा, वडा नम्बर ९ का अध्यक्ष नामदेव खनाल र वडा नम्बर १० का अध्यक्ष मुक्तिप्रसाद खनाल समेतको उपस्थिति थियो । स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श कार्यक्रममा चण्डिकाप्रसाद भट्टराई, गुरुप्रसाद भट्टराई, डा. धनप्रसाद सुवेदी, देवेन्द्रकुमार काफ्ले थुम्केली, कुश्मा महरा प्रगति, गोरे गुरुङ, रामहरि शर्मा शराह, कृष्णप्रसाद भट्टराई र दलबहादुर सिङ्जालीको बीचमा प्राज्ञिक विमर्श गरिएको थियो । विमर्शको सहजीकरण प्राज्ञ परिषद सदस्य जीबी राना मगरद्वारा गरिएको थियो भने समग्र कार्यक्रमको सहजीकरण गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक सचिव युवाकवि मिलन समीरद्वारा गरिएको थियो । स्वागत मन्तव्य प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व सुर्यप्रसाद डुम्रेद्वारा गरिएको थियो । कार्यक्रममा साहित्यकार व्यक्तित्वहरु गोविन्द खनाल, हरिप्रसाद भट्टराई, लोकहरि पाण्डेय क्षितिज, ढालबहादुर केसी, खगेन्द्र अर्याल, मिलन समीर, सुर्यप्रसाद डुम्रे, पारिश्वर न्यौपाने, चण्डिकाप्रसाद भट्टराई, गुप्तबहादुर श्रेष्ठ, देवकी रेग्मी, लेखनाथ काफ्ले र कुसुम भण्डारी आदिद्वारा आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरिएको थियो ।

प्रतिक्रिया